२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

सुशासन, विकास र समुन्नती आजको मुख्य एजेन्डा : मुख्यमन्त्री पाण्डे

पोखरा, १५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुशासन, विकास र समुन्नती आजको मुख्य एजेन्डा भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले बिहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँले गणतन्त्र स्थापनासँगै राजनीतिक लक्ष्य प्राप्त भएकाले अब सुशासन, विकास र समृद्धि आजको आवश्यकता भएको बताउनुभयो । सुशासन, विकास र समृद्धिलाई मार्गदर्शक सिद्धान्त मानेर आगामी कार्यदिशा तय गर्ने प्रतिवद्धता मुख्यमन्त्री पाण्डेको छ ।

“जनताको बलिदानीबाट प्राप्त गणतन्त्रका सुन्दर पक्षहरुमाथि प्रहार गर्न खोजिएको छ”, उहाँले भन्नुभयो, “गणतन्त्रको विकल्प यसकै सुधारिएको रुप हो, त्यसले यसलाई प्रहार गर्न खोज्ने विरुद्ध गणतन्त्रका हिमायतीहरु एकजुटु हुनुपर्दछ ।” गणतन्त्र ल्याउन नेपाली जनताकोे योगदान रहेको उल्लेख गर्दै अब यसमाथि भएका प्रहारको पनि सामूहिक रुपमा मुकाविला गर्नु सबैको कर्तव्य भएको उहाँको भनाइ छ ।

प्रदेश सरकारले प्रदेशबासी प्रतिको जिम्मेवारी र दायित्वलाई बोध गरी आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म नागरिकमैत्री सरकारको रुपमा उपस्थित भएको दाबी गर्नुभयो । गण्डकी प्रदेश सरकार स्थापना भएपछि हालसम्म ७८ वटा ऐन र २९ वटा नियमावली निर्माण भएको जानकारी दिँदै मुख्यमन्त्री पाण्डेले  ९ सय २३ किलोमिटर भन्दा बढी सडक कालोपत्रे, १ सय ९ सडक पुल निर्माण सम्पन्न भएको बताउनुभयो ।

“गणतन्त्र स्थापनापछि सरकारबाट नागरिकले विकास र समृद्धिको अपेक्षा राख्नु स्वभाविकै छ”, उहाँले भन्नुभयो, “सीमित स्रोत, साधनकाकाबिच असीमित आवश्यकता र नागरिकको तीव्र चाहनाको तालमेल मिलाउन सरकार प्रयासरत छ ।” नागरिकको आकांक्षा पूरा गरी सरकारप्रति जनविश्वास सुदृढ गर्नुपर्ने काममा सरकार सचेत रहेको उहाँको भनाइ छ ।  “जनता सामु गरिएका प्रतिबद्धता पूरा गर्ने कामलाई सरकारले आफ्नो जिम्मेवारीको रुपमा लिएको छ”,उहाँले भन्नुभयो,“ प्रदेशको समुन्नतीका लागि पहिचान गरिएका सात मुख्य सम्वाहकहरु पर्यटन, उर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव शंसाधन र सुशासनलाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गर्दै आएको छ ।”

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले नेपाली जनताको योगदानबाट स्थापना भएको गणतन्त्रप्रति सबै इमानदार हुनुपर्ने बताउनुभयो । सरकारले जनतालाई सुशासनको प्रत्याभूति गराउन सक्नुपर्ने उहाँको भनाइ छ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता खगराज अधिकारीले गणतन्त्र र संविधान कसैले बक्सिस दिएको नभइ नेपाली जनताले लडेर ल्याएको बताउनुभयो । “जनताको शासन भनेकै गणतन्त्र हो,” उहाँले भन्नुभयो, “जनताको शासनमा कानुनमाथि कोही पनि हुन सक्दैन ।” जनताको रगतले गणतन्त्र लेखिएको बताउँदै उहाँले यसका विरुद्ध षड्यन्त्र गर्न खोजिएकाले हिमायतीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले गणतन्त्रको जग नै जनयुद्ध भएको दाबी गर्नुभयो । जनतालाई परिर्वतनको अनुभूति सरकारले गराउन सक्नुपर्ने उहाँको भनाइ छ । जनतामा असन्तुष्टि आएकोले सरकारले कार्यशैलीमा सुधार ल्याउनुपर्नैमा उहाँले जोड दिनुभयो । गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेलले प्रदेशबासीको चाहना अनुसार काम गर्न सरकार प्रयासरत रहेको बताउनुभएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…