
पोखरा । महिन्द्राको युटिलिटी गाडीहरुको आधिकारीक वितरक अग्नी इन्करपोरेटेड पलिले पोखरामा महिन्द्राको नयाँ १.७ टन क्षमताको बोलेरो पिकअप सार्वजनिक गरेको छ । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नी ग्रुपले आइतवार पोखरा–१०, शिवचोकमा एक कार्यक्रमका बीच बोलेरो पिकअप सार्वजनिक गरेको हो ।

बि.बि. अटोमोवाईल प्रा.लि.का अध्यक्ष ओसिन बतास, अग्नी ग्रुपका जनरल मनेजर रामेश्रवर महर्जन, सिद्धार्थ बैक लि.पोखरा शाखा प्रवन्धक ज्वोतिन्द्र पौडेलले संयुक्त रुपमा शोरुमको उद्घाटन गरी महिन्द्राको नयाँ बोलेरो सार्वजनिक गरेका हुन् ।
महिन्द्राले एकैपटक नेपालका ५ सहर काठमाडौं, पोखरा, वीरगंज, विराटनगर र चितवनमा आज नै सार्वजनिक गरेको हो । सार्वजनिक भएको महिन्द्राको नयाँ बोलेरो हाल भएकोभन्दा अझ बलियो र बढी क्षमताको बोलेरो पिकअप लन्च गरेको जनाएको छ ।
हाल बजारमा रहेको बोलेरोको क्षमता १.५ टन रहेको छ । कम्पनीले आज सार्वजनिक गरेको बोलेरोको क्षमता सोभन्दा २०० केजी बढी रहेको छ । यो पिकअपमा २.५ लिटरको एमटु डीआइ सीआर डिजेल इन्जिन रहेको छ । यो इन्जिनले ६३ हर्सपावर र १९५ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।
लोड क्षमतासँगै नयाँ बोलेरोमा लामो कार्गोबेड, बलियो डबल बेरिङ एक्सल तथा ९ वटा पाता भएको स्प्रिङ सस्पेन्सन समेत थपिएको छ । नयाँ बोलेरोको क्याबिनमा फराकिलो कोड्राइभर सिट, रिक्लाइनिङ ड्राइभर सिट तथा हेडरेस्ट समेत थप भएको छ ।
महिन्द्रा बोलेरोमा पेलोड र अन्य विशेषता थपिए पनि मूल्य भने झन् घटेको छ । यसअघि २६ लाख ८५ हजार रुपैयाँ रहेकोमा अब १.७ टन बोलेरोको सुरुआती मूल्य मूल्य २५ लाख ६५ हजार रुपैयाँ रहेको छ । कम्पनीका नयाँ बोलेरोमा ९.९९ प्रतिशत ब्याजदरमा ७० प्रतिशतसम्म सरल फाइनान्स सुविधा समेत उपलब्ध रहेको छ । असार मसान्तसम्म बुकिङ गर्ने ग्राहकले फाइनान्स प्रोसेसिङ शुल्क समेत तिर्न नपर्ने कम्पनीले जनाएको छ ।






