आई.डि.इन्डोर्सी पदका उम्मेदवार लम्सालद्वारा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न, पोखरेली लायन्सको अपार समर्थन


पोखरा । लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर पदका इन्डोर्सी उम्मेदवार राजन लम्सालद्वारा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न भएको छ ।लम्सालले लायन्स अन्तर्राष्ट्रिय मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालको आसन्न महाधिवेशनबाट अनुमोदनका लागि गण्डकी क्षेत्रमा रहेका सम्पूर्ण डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नर, पूर्व डिष्ट्रिक्ट गभर्नर, भाईस डिष्ट्रिक्ट गभर्नर, क्लब अध्यक्षहरूसँग भेटघाट र शुभकामना लिने क्रममा पोखरेली लायन्सको अपार समर्थन रहेको जनाइएको छ ।
नेपालमा क्रियाशील १५ वटा डिष्ट्रिक्ट मध्य हाल गण्डकीमा पाँच वटा डिष्ट्रिक्ट जसमा डिष्ट्रिक्ट ३२५ आई, जे, के, एल र एम नेपाल क्रियाशील रहेका छन् ।

आउदो जेठ २४ गते शनिवार काठमांडौ प्रज्ञा प्रतिष्ठानमा लायन्स अन्तर्राष्ट्रिय मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालको महाधिवेशन हुँदैछ । सो अधिवेशनबाट लायन बर्ष २०२५/२६ का लागि मल्टीपल काउन्सिलको निर्वाचनसँगै आईडि ईन्ड्रोर्सिकोसमेत निर्वाचन हुनेछ ।

शनिवार पोखरामा आयोजित ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा बोल्दै लायन्स अन्तर्राष्ट्रियका आईडि ईन्ड्रोर्सिका उम्मेद्वार एवं एलसिआईएफ एरिया लिड़र राजन लम्सालले लायनवाद यात्राको २८ बर्षदेख़िको सक्रियता, लायनवादमा पुर्र्याएको योगदान, प्राप्त गरेको अनुभवलाई लायन्स अन्तर्राष्ट्रियको नेतृत्वमा पुगेर नेपालको लायनवादको थप विकास गर्नका लागि आईडि ईन्ड्रोर्सिको उम्मेदवार बनेको बताए ।
बिगत बर्षदेख़ि नेपालको लायनवादको बिकासमा पुर्र्याएको योगदान नै लायन्स अन्तर्राष्ट्रियको नेतृत्वमा पुग्नमेरो उम्मेदवारी हो । उनले भने, ‘आजका मितिसम्म लायन्सको प्लेट फर्ममा प्राप्त गरेको जिम्मेवारी त्यसलाई सम्पादन गरेको पृष्ठभूमि आज म त्यहाँ पुग्ने आधारशिला हो ।’
उनले भने, ‘ देशमा ल्याउन सक्ने ग्रान्टका कुरा होलान्, देशबाट अन्तर्राष्ट्रियको नेतृत्वमा जानसक्ने व्यक्तित्वलाई लिडरशिपको अवसर यि सबै कुरा नेतृत्वमा आउन सक्ने व्यक्तिले दिने कुरा हो । लम्सालले भने, ‘आज देशमा के आवश्यकता छ, हामी सामाजिक क्षेत्रमा लागेका व्यक्तिले के कुरा मनन् गरेर अघि बढ़ने हो मेरो योगदान त्यहि तर्फ लक्षित गरेर अघि बढ़छ ।’
डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगानाको अध्यक्षता पूर्व डिष्ट्रिक्ट गभर्नर एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेललगाएतले लायन राजन लम्सालले नेपाली लायनवादको बिकास र विस्तारमा पुर्रयाएको योगदानको बारेमा चर्चा गरेका थिए ।
उनीहरूले नेपालमा रहेका १५ वटा डिष्ट्रिक्टबाट राजन लम्सालले नै नेतृत्व गरेर अघि बढ़नु पर्छ भन्ने भावना गण्डकी क्षेत्रका सबै लायन्स सदस्यको रहेको बताएका थिए ।
नेपालको लायनवादको इतिहासमा विशिष्ट पहिचान निर्माण गर्दै लायन्स अन्तर्राष्ट्रिय नेतृत्वकर्ताका रुपमा सतिशाल झैं क्रियाशील भई काम गर्ने सकारात्मक शैली र प्रवृत्तिले हरेक नेपाली लायनवादीहरुको मन र मुटुमा बस्न सफल व्यक्तिका रूपमा रहेको बताउदै यस पटकको आई.डि.इन्डोर्सी पदमा राजन लम्साललाई निर्वाचित गराउन नेपाल भरका लायन्स सदस्यहरूलाई अनुरोधसमेत गरेका थिए ।
को हुन् लायन राजन लम्साल ?
स्याङ्जा जिल्लाको ज्याग्दी खोलामा वि.स. २०२६ सालमा राजन लम्सालको जन्म भएको हो। पिता पदमराज लम्साल र माता पुष्पा लम्सालका तीन सन्तानमध्ये उहाँ जेष्ठ सुपुत्र हुनुहुन्छ। हाल उहाँ काठमाडौं महानगरपालिका वडा नं. २६, सामाखुशी टाउन प्लानिङमा बस्दै आउनु भएको छ।
आफ्नो कर्मलाई मानव सेवामा समर्पित गर्ने लम्साल आफ्ना बुवाआमा र हजुरबुवाआमालाई आदर्श व्यक्तित्वमा रुपमा लिनुहुन्छ। बाल्यकालदेखि नै सकारात्मक सोचको विकास गर्नमा घरपरिवारको महत्वपूर्ण भूमिका रहेको छ। लम्साल नेपाली लायनवादको इतिहासमा विशिष्ट पहिचान निर्माण गर्दै लायन्स अन्तर्राष्ट्रिय नेतृत्वकर्ताका रुपमा आफूलाई सतिशाल झैं क्रियाशील गराउँदै छन्। उहाँको काम गर्ने सकारात्मक शैली र प्रवृत्तिले हरेक नेपाली लायनवादीहरुको मन र मुटुमा बस्न सफल व्यक्तिकाका रुपमा दर्ज गराउनु भएको छ।
निराशा वैयक्तिक जीवन असफल बनाउने कारक तत्व हो। जीवन सफल बनाउन सदा सकारात्मक सोच रआशावादी दृष्टिकोण राख्नुपर्छ भन्ने मान्यतमा अडिक रहने लम्सालको वाक्पटुता निकै नै प्रभावशाली छ।लम्सालको लोभ लाग्दो व्यक्तित्व, मृदुभाषा शैली अनुकरणीय छ। सत् कर्मले व्यक्तिको व्यक्तित्वमा निखारता ल्याउँछ र त्यस्तो कर्म समाज र राष्ट्रका लागि अनुकरणीय हुन्छ। तसर्थ, निस्वार्थ कर्म गर्नुपर्छ भन्ने उहाँको दृष्टिकोण छ। उहाँको त्यही सकारात्मक दृष्टिकोणले उहाँलाई लायन्सको क्षेत्रमा आज नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै एउटा आशा लाग्दो र भरपर्दो लिडरको रुपमा स्थापित गराएको छ। सधैं आफ्नो देश प्रतिगौरव गर्ने र लायनवादलाई जीवनको अभिन्न अंगको रुपमा शिरोपर गर्ने उहाँको शैली र प्रवृत्ति छ। उहाँ सादा जीवन र उच्च विचारका आदर्शवादी अनुयायी पनि हुन्।
लायनवादीहरूको नजरमा राजन लम्साल
समाज सेवामा रमाउनेका लागि लायन राजन लम्सालको नाम नौलो होइन । उहाँ हजारौं नेपाली लायन्स सदस्यहरूका उत्प्रेरक व्यक्तित्व पनि हुन् । लायन्सको अन्तर्राष्ट्रिय नेतृत्व समेत हाँक्ने विशिष्ट क्षमता र कुशल नेतृत्वशक्ति उहाँसँग छ।
सामाजिक सेवा मात्र होइन, उहाँ नेपाली मौलिक कला, संस्कृति, लोकगीत र भजनको संरक्षणमा पनि उत्तिकै चासो राख्नहुन्छ। नेपाली लोक तथा दोहोरी गीत, लोक भजन समेतको जगेर्नामा उहाँको विशेष योगदान छ।उहाँकै सक्रियतामा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको जन्म भएको हो। प्रतिष्ठानको संस्थागत विकासमा उहाँको योगदान अतुलनीय छ। करीब साढे दुई दशकदेखि उहाँ प्रतिष्ठानको केन्द्रीय सल्लाहकार हुनुहुन्छ।
शिक्षा दिक्षा
गाउँकै जनप्रिय माविबाट प्रारम्भिक शिक्षा हासिल गरेका लम्सालले उक्त विद्यालयमा ७ कक्षासम्म पढ्नुभयो। कक्षा–८ पढ्न उहाँ बुटवलस्थित बुटवल माविमा भर्ना हुनुभएको थियो। उहाँले बुटवल माविबाटै २०४३ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएको हो । लम्साले काठमाडौंको पिपुल्स क्याम्पसबाट व्यवस्थापन संकायमा प्रविणता तह, शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ।
जागीरे यात्रा
स्नातक तहसम्मको अध्ययन पछि आत्मनिर्भर बन्नुपर्छ भन्ने भावनाबाट प्रभावित लम्सालले चितवनमा रहेको आइल्याण्ड जंगल रिसोर्टको काठमाडौंस्थित मुख्य कार्यालयमा लेखापालको रुपमा जागिर शुरु गर्नु भयो।त्यहाँ करिब १२ वर्षसम्म काम गरी फाइनान्स र प्रशासनिक अनुभव प्राप्त गरेपछि लम्सालले ट्राभल एजेन्सी, होटेल व्यवसाय र म्यानपावर कम्पनीमा साझेदारी व्यवसाय सञ्चालन गर्नुभयो। कलेज, कन्सल्टेन्सी, विभिन्न बैंक तथा जलविद्युत कम्पनीहरुको प्रोमोटर, यातायातका साधनहरूको आयातकर्ता साथै अन्य थुप्रै निजीक्षेत्रको कम्पनीहरुमा सहभागी हुँदै हाल उहाँ शेयर ब्रोकर व्यवसायमा राम्रैसँग जमेका छन्। सामाजिक कर्म गर्नलाई सहयोगी हातहरु नामक संस्था खडा नै गर्नु भयो। उहाँ सामाजिक संस्था सहयोगी हातहरुको संस्थापक अध्यक्ष समेत हुन्।
लम्सालको लायन्स यात्रा
सन् १९९७ मा लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीको सदस्यता लिएर लम्सालको लायनिज्म यात्रा सुरुगरेका हुन्। २७ वर्षको उमेरदेखि नै सामाजिक सेवाभावका कामहरूमा जोडिएका लम्सालले सन् २०१०–११ मा तत्कालीन डिष्ट्रिक्ट ३२५ बी को डिष्ट्रिक्ट गभर्नर, सन् २०११–१२ मा मल्टिपल काउन्सिल चियरपर्सन, सन्२०१२–१४ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को एसएफएमडी चेयरपर्सन, सन् २०१४–१७, २०१७–१९ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएलटी को–अर्डिनेटर, सन् २०१७–१९ स्पेसियालीटी क्लब कन्ट्री को–अर्डिनेटर, सन्२०१९–२२ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएमटी को–अर्डिनेटर हुँदै लायन वर्ष २०२२–२३, २०२३–२४ र२०२४–२५ मा एलसीआईएफ एरिया लिडरको रुपमा निरन्तर रुपमा लायन्समा सक्रिय नेतृत्व गरिसक्नु भएकोछ।
डिष्ट्रिक्ट गभर्नर भए पश्चात् मल्टिपल डिष्ट्रिक्ट तथा लायन्स क्लब अन्तर्राष्ट्रियले प्रदान गरेको विभिन्न भूमिका कुशलतापूर्वक बहन गरिसकेका लम्सालले थुप्रै आर एलएलआई को–अर्डिनेटर साथै लायन्स अन्तर्राष्ट्रियले नेपालमा गर्ने एफडीआई र एलसीएफआईको लोकल को–अर्डिनेटरको भूमिका समेत निर्वाह गरिसक्नु भएकोछ।
आफू गभर्नर भएपछि डिष्ट्रिक्टका कार्यक्रमहरू काठमाडौंदेखि महेन्द्रनगर, नेपालगञ्ज र वीरगञ्जसम्म बिस्तार गरेका थिए । लायन्स क्लबको केन्द्रीकृत कार्यक्रमलाई विकेन्द्रीकृत गर्ने कार्यमा उहाँको ठूलो योगदान छ ।आफ्नो गभर्नरको कार्यकालमा डिष्ट्रिक्ट ३२५ बी को भवन निर्माण अभियान शुरु गरी निर्माण सम्पन्न गरेर हस्तान्तरण समेत गरेका लम्सालले आफूले लिएको जिम्मेवारी सफलताको साथ सम्पन्न गरि सक्नुभएको छ ।पछिल्ला तीन वर्षदेखि एलसीआईएफ एरिया लिडरको जिम्मेवारी सम्हालिरहनु भएका उहाँ अहिले नेपालभरिका लायन्सहरूका लागि उत्प्रेरक शक्तिका रूपमा स्थापित छन्।
उम्मेदवारी किन ?
लायन्स क्लबको अन्तर्राष्ट्रिय निर्देशक बनेपछि नेपालको झण्डा र राष्ट्रिय गानलाई संसारभर चिनाउने अभियानमा लाग्ने छु। नेपालमा लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर लागिरहेको छु।त्यसैले तपाईंहरू सबैको प्रेरणा, उत्साह र निरन्तर साथले लायन्स अन्तर्राष्ट्रियका लागि अन्तर्राष्ट्रिय निर्देशक(इन्डोर्शी) पदको मनोनयन पत्र औपचारिक रूपमा दर्ता गराइसकेको छु। लायन्स अन्तर्राष्ट्रिय मल्टिपल कन्भेन्सनमा तपाईंहरुको अमूल्य मत र समर्थनको आशा राखेको छु। यहाँहरुको साथ र सहयोगले मलाई यो यात्रामा थप सफल र प्रेरित बनाउनेछ भन्ने पूर्ण विश्वास लिएको छु।
लम्सालको सिंगो परिवार नै लायन्समा आवद्वता
लम्सालको सिंगो परिवार नै लायनवादको यात्रामा छ। लम्सालकी जीवन संगीनी लायन इन्दु लम्साल सन्२०१९–२० मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि वानको डिष्ट्रिक्ट गभर्नर हुनुभएको थियो। उहाँले सन्२०१०–११ मा आफू डिष्ट्रिक्ट गभर्नर हुँदा ६५ वटा नयाँ क्लब स्थापना गरेर त्यसबेला विश्व लायनवादको इतिहासमा नै नयाँ रेकर्ड कायम राख्नुभएको थियो। लायन इन्दु लम्सालले सन् २०१९–२० मा डिष्ट्रिक्ट ३२५ बि वानको डिष्ट्रिक्ट गभर्नर भएको बेला लायन्स अन्तर्राष्ट्रियले प्रदान गर्ने सर्वोच्च अवार्ड एम्बेसडर अफ गुडविल अवार्डबाट सम्मानित हुनुभएको थियो। लायन राजन र इन्दु लम्साल नेपालकै पहिलो ‘पति–पत्नी डिष्ट्रिक्ट गभर्नर’ जोडी हुन्।
विदेश भ्रमण
सन् २००६ मा उहाँले ट्यूनिसियामा सम्पन्न वरिष्ठ लायन लिडरशिप इन्स्टिच्युटमा सहभागिता जनाएपछि अन्तर्राष्ट्रिय अनुभवपछि नेतृत्व क्षमतामा थप निखार ल्यायो। समाजसेवामा समर्पित लायन राजन लम्साललेअमेरिका, फ्रान्स, सिंगापुर, जापान, हङकङ, मलेसिया, थाइलेण्ड, श्रीलंका, भारत, ट्युनिसिया, संयक्त अरबइमिरेटस्, चीन, मकाउ, दक्षिण कोरिया, अष्ट्रेलिया, लेवनान, इटली, जर्मनी, स्वीजरल्याण्ड, क्यानाडा र बंगलादेश लगायतका विभिन्न राष्ट्रको भ्रमण समेत गरिसक्नु भएको छ। भ्रमण क्रममा त्यहाँका सामाजिक, प्रशासनिक र लायन परियोजनाको अध्ययन गरेका छन्।
लायन राजन लम्सालको जीवन कुनै फिल्मी कथाभन्दा कम छैन। कठीन संघर्ष, गहिरो प्रतिबद्धता र स्पष्टजीवन दृष्टिकोणका साथ उहाँले समाज, संस्कृति, शिक्षा र नेतृत्वमा जे जति गर्दै आउनुभएको छ, त्यो आजका लागि मात्र होइन, भावी पुस्ताका लागि पनि प्रेरणाको स्रा]t हो। लम्साल लायन मात्रै होइनन्, उहाँ नेपाली समाज सेवाको गतिशील अनुहार, मौन क्रान्तिका योद्धा र निष्ठाको जीवन पाठ हुन्।


