29Shares

पोखरा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपालका गण्डकी क्षेत्रका क्लब पदाधिकारीलाई प्रशिक्षण दिईएको

शनिवार एस.आर.के.सी. वेन्कुईट माटेपानी पोखरामा आयोजित एक दिवसीय स्कुलिङमा लायन वर्ष २०२५/२६ का लागि गण्डकी क्षेत्रमा रहेका क्लब अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव कोषाध्यक्षहरूलाई प्रशिक्षण गराईएको हो

कार्यक्रममा क्लबका पदाधिकारीलाई आफ्नो काम, कर्तव्य जिम्मेवारीप्रति थप दक्ष बनाउने उद्देश्यले नेतृत्व विकाससम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको लायन बर्ष २०२५/२६ का लागि इलेक्ट डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले जानकारी गराईन्

इलेक्ट डिष्ट्रिक्ट गभर्नर पाण्डेले आउँदो बर्षका लागि डिष्ट्रिक्ट गभर्नर अन्तर्राष्ट्रिय प्रेसिडेन्टले तय गरेका वार्षिक कार्यक्रमको प्रस्तुतिकरणसँगै सुरु भएको स्क़ुलिङ कार्यक्रममा एलसिआईएफ एरिया लिडर एवं आईडि ईन्डोर्सी पदका उम्मेदवार राजन लम्साल, पूर्व डिष्ट्रिक्ट गभर्नर तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू मन बहादुर रोका, राम बहादुर बसेल, इन्दु लम्साल, इलेक्ट भाईस डिष्ट्रिक्ट गभर्नरद्वय चन्द्रकुमार केसी शैलेन्द्र मोहन भट्टराईलगाएतले प्रशिक्षण गराएका थिए ।

त्यस्तै, मनोनित डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी राम बहादुर श्रेष्ठ,  ट्रेजरर महेन्द्र कुमार राठी, चिफ डिष्ट्रिक्ट एडभाईजर बिष्णुप्रसाद भण्डारीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले क्लब अध्यक्ष, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर इलेक्ट सूर्य केसीले क्लबका प्रथम उपाध्यक्ष, डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगानाले क्लब सचिव क्लबका कोषाध्यक्षको लागि द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर इलेक्ट शैलेन्द्र मोहन भट्टराईले प्रशिक्षण गराएका थिए

उनिहरूलाई पदिय दायित्व अनुरूपको आफ्नो काम, कर्तव्य जिम्मेवारीप्रति थप दक्ष बनाउने उद्देश्यले नेतृत्व विकाससम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको थियो

29Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected