
पोखरा । लायन्स क्लब अफ पोखरा पिस प्याराडाईजले किचनसहित बिधालय भवन उद्घाटन गरी हस्तान्तरण गरेको छ।
आइतवार माछापुछ्रे गाउँपालिका–१, करुवास्थित श्री हिमालय डाँफे आधारभूत बिधालयमा किचन सहितको बिधालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो ।

क्लबका संस्थापक एवं एस.एन. इनर्जी लि.(सुपर सेती जलबिधुत आयोजना)का डाईरेक्टर सुदिप चौधरीको आर्थिक सहयोग र लायन्स क्लव अफ पिस पोखरा प्याराडाइजको सहकार्यमा ८ लाख ३४ हजार ७ सय ७१ रूपैयाँ बराबरको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवन लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुगांना, सो वडाका वडाध्यक्ष इन्द्र गुरूङले भवन उद्घाटन गरी हस्तान्तरण गरेका थिए ।

क्लबका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिधालय ब्यावस्थापन समितिका अध्यक्ष गुमान सिह मगर, बिधालयका प्रधानाध्यापक चोक ब. मगर, क्लबका संस्थापक अध्यक्ष बिष्णु प्रसाद ढुगांना, कलस्टर चिफ लायन दिल ब थापा, क्लवका निवर्तमान अध्यक्ष एवं जोन चियर पर्सन सुरेश न्यौपाने, क्लवका पुर्व अध्यक्ष अतित राना, राम्जी प्र. बराल, करुवास्थित आमा समुह, टोल बिकास, युवा क्लव, बन, खानेपानी लगाएत सम्पूर्ण संघ संस्थाका प्रतिनिधि अभिवाक, शिक्षक शिक्षिका, कर्मचारी, बिधार्थीलगाएतको उपस्थित रहेको क्लबका सचिव नारायण प्रसाद पौडेलले जानकारी दिए ।


