4Shares

काठमाडौं नेपाली लायनवादको ५४ वर्षको इतिहासमा पहिलो पटक मल्टिपल डिष्ट्रिक्टमा महिला नेतृत्व पाएको डिष्ट्रिक्ट  ३२५ जे नेपालको डिष्ट्रिक्ट गभर्नर मिलन थापालाई मल्टिपल काउन्सिल चेयरपर्सनमा निर्विरोध निर्वाचित गरिएको हो । उनी लायन वर्ष २०२५/२६ का लागि काउन्सिल चेयरपर्सनमा निर्वाचित भएकी हुन्

जेठ १८ गतेसम्म मनोनयन दर्ता गर्ने समय रहेकोमा मल्टिपल चेयरपर्सनमा उनको मात्र मनोनयन दर्ता भएको थियो ।

भाईस काउन्सिल चियरपर्सनमा भने जनाको उम्मेदवारी परेको  जसमा डिष्ट्रिक्ट ३२५ एच का इलेक्ट डिष्ट्रिक्ट गभर्नर रविन्द्र बहादुर प्रधान, डिष्ट्रिक्ट ३२५ जीबाट इलेक्ट डिष्ट्रिक्ट गभर्नर विधान जोशी डिष्ट्रिक्ट एफका इलेक्ट डिष्ट्रिक्ट गभर्नर केशर बहादुर भण्डारीले मनोनयन दर्ता गरेकाले सर्वसम्मत हुन सकेको छैन  

यसैगरी मल्टिपल काउन्सिल सेक्रेटरीमा डिष्ट्रिक्ट ३२५ सि का इलेक्ट डिष्ट्रिक्ट गभर्नर बबरजंग थापा ट्रेजररमा डिष्ट्रिक्ट आरका इलेक्ट गभर्नर नवराज सापकोटा निर्विरोध भएका छन् भने काउन्सिल जोईन्ट सेक्रेटरी ट्रेजररमा भने कसैको पनि उम्मेदवारी परेको छैन

निर्विरोध नयाँ नेतृत्वको औपचारिक घोषणा भने आउँदो जेठ २४ गते प्रज्ञा भवन काठमांडौंमा हुने मल्टिपल कन्भेन्सनमा गरिनेछ । भाईस काउन्सिलमा त्यसदिनसम्ममा सहमति हुन नसके निर्वाचनमा जाने छ । निर्वाचनका लागि नेपालमा रहेका १५ वटा डिष्ट्रिक्टका इलेक्ट डिष्ट्रिक्ट गभर्नरहरू नै भोटर रहने छन् । 

निर्विरोध रूपमा काउन्सिल चेयरपर्सनमा निर्वाचित  भएपछि छोटो प्रतिक्रिया दिदै मिलन थापाले सहयोग गर्नुहुने सबै अग्रज लायन्स लिडर १५ वटै डिष्ट्रिक्टका गभर्नरहरुलाई धन्यवाद दिँदै आफ्नो पदीय जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरिन्

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected