२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

आईडि इन्डोर्सी पदका उम्मेदवार लम्साललाई अर्का उम्मेदवार ढ़ुगांनाको समर्थन

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर इन्डोर्सी पदका उम्मेदवार राजन लम्साललाई सोही पदका अर्का उम्मेदवार डिके ढ़ुगांनाले समर्थन गरेका छन् ।

सोमवार नारायणगढ़मा आयोजित मिट एण्ड ग्रिट प्रोग्राममा पूर्व डिष्ट्रिक्ट गभर्नर डिके ढ़ुगांनाले हाम्रो पूर्ण समर्थन लायन राजन लम्साललाई रहने घोषणा गरेका हुन् । सो कार्यक्रममा ढ़ुगांनाले आफ्नो उम्मेदवार फिर्ता लिने घोषणा गर्दै डिष्ट्रिक्ट ३२५ आर नेपालको पूर्ण समर्थन रहने घोषणा गरेका थिए ।

बुधवार नै सामाजिक संजालमा लेख्दै अन्तर्राष्ट्रिय डाईरेक्टर इन्डोर्सी पदका उम्मेदवार डिके ढ़ुगांनाले हाम्रो पूर्ण समर्थन–लायन राजन लम्साललाई भन्दै पोस्ट गरेका छन् ।

उनले लेखेका छन् –

हाम्रो पूर्ण समर्थन–लायन राजन लम्साललाई

प्रिय लायन मित्रहरू, आदरणीय मतदाता महानुभावहरू,

लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ को आसन्न कन्भेन्सनमा आइडी इन्डोरसी पदका लागि उम्मेदवार एरिया लिडर लायन राजन लम्सालज्यूलाई म व्यक्तिगत रूपमा, साथै डिस्ट्रिक्ट ३२५ आर नेपालका सम्पूर्ण पिडिजीहरू, वर्तमान डिस्ट्रिक्ट गभर्नरको टोली र समस्त लायन्स सदस्यहरूका तर्फबाट एकबद्ध समर्थन रहेको कुरा गौरवका साथ घोषणा गर्न चाहन्छु।

लायन्स आन्दोलनमा दशकौंको समर्पण, नेतृत्व क्षमताको गहिरो अनुभूति, र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली लायनवादको सशक्त पहिचान स्थापित गर्ने प्रतिबद्धता राख्ने व्यक्तित्व लायन राजन लम्साल निश्चय नै आइडी इन्डोरसीको गरिमामय जिम्मेवारी सम्हाल्न सक्षम, योग्य र दूरदर्शी नेता हुनुहुन्छ।

मैले आफैं पनि यो पदका लागि उम्मेदवार रहने निर्णय गरिसकेको अवस्थामा, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, संस्थागत हित र नेपाली लायनवादको उज्ज्वल भविष्यलाई मध्यनजर गर्दै मेरो उम्मेदवारी फिर्ता लिई उहाँलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छु।

यो समर्थन केवल मेरो व्यक्तिगत निर्णय होइन, यो समूहगत सहकार्य, परिपक्व राजनीतिक चेतना र नेतृत्वको सम्मान हो। हामीले आफ्नो उम्मेदवारी फिर्ता लिँदा कुनै कमजोरी होइन, बरु यो लायन्स धर्म र संगठनप्रतिको निष्ठाको उत्कृष्ट उदाहरण हो भन्नेमा म विश्वस्त छु।

यस ऐतिहासिक निर्णयमा सम्पूर्ण पिडिजीहरू, लायन नेतृत्व गण र सदस्य मित्रहरूको सहमति र विश्वास रहेकोछ।

आउनुहोस्, हामी सबै मिलेर लायन राजन लम्साललाई विजयी बनाउँ— नेपाली लायनवादलाई अन्तर्राष्ट्रिय मञ्चमा थप सशक्त बनाउने हाम्रो साझा सपना साकार पारौं।

लायन डीके ढुङ्गाना

पूर्व डिस्ट्रिक्ट गभर्नर

डिस्ट्रिक्ट ३२५ आर, नेपाल

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…