
काठमांडौं । लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर इन्डोर्सी पदका उम्मेदवार राजन लम्साललाई १३ जना निवर्तमान डिष्ट्रिक्टगभर्नरले लम्साललाई समर्थन गरेका छन् ।
नेपालमा रहेका १५ जना मध्य १३ जना निवर्तमान डिष्ट्रिक्ट गभर्नरहरूले हाम्रो समर्थन राजन लम्साललाईसमर्थन रहने निर्णय गरिएको डिष्ट्रिक्ट ३२५ एचका निवर्तमान डिष्ट्रिक्ट गभर्नर शम्भु बहादुर थापाले जनाएकाहुन् । उनले भने अरु दुई जना निवर्तमान डिष्ट्रिक्ट गभर्नरज्यूहरूसँग पनि संवाद भईरहेको जानकारी दिए ।
“राजन लम्सालको त्याग र कर्मको लागि न्याय गरौ, आईडी इन्डोर्शिमा राजन लम्साललाई मतदान गरौ’ भन्नेउद्घोषका साथ निवर्तमान डिष्ट्रिक्ट गभर्नरहरू बिजयहरी शर्मा डिष्ट्रिक्ट ३२५ पी, हरि दाहाल डिष्ट्रिक्ट ३२५ ई, शिव कटुवाल ३२५ एफ, दिपककृष्ण श्रेष्ठ ३२५ जी, शम्भु बहादुर थापा३२५ एच, चन्द्र कुमार के सी ३२५ आईरहेका छन् ।
त्यस्तै, डिष्ट्रिक्ट ३२५ जे का हरि मरहठ्ठा – ३२५ जे, के का सुचित्रा थापा, एल का पर्मेश्वर बराल, एमका भिमपौडेल, एनका मुकुट ढकाल, पी अर्जुनमान सिह सैजु र आरका आर एस महतोले लायन्स अन्तर्राष्ट्रियकाएलसिआईएफ एरिया लिडरसमेत रहेका लम्साललाई समर्थन रहेको जानकारी गराए ।
डिष्ट्रिक्ट ३२५ ई र ३२५ जी निवर्तमान डिष्ट्रिक्ट गभर्नर हरि दाहाल दिपककृष्ण श्रेष्ठका अनुसार हामी मल्टिपलडिष्ट्रिक्ट ३२५ नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नरहरूको हिजो सम्पन्न फिजिकल तथा भर्चुअल मिटिङ गरी१३ जना साथिहरुले लायन राजन लम्सालज्यूलाई आईडि इन्डोर्शी उमेदवारमा समर्थन गर्ने निर्णय गरेका छौ ।उहाँलाई नै अन्तर्राष्ट्रियमा प्रतिनिधित्व गराउदा नेपालको लायन्सहरुको एकता नयाँ शिराबाट शुरु हुने रअन्तर्राष्ट्रियको नेतृत्वमा नेपाललाइ पुर्याउन ढोकाहरु खुल्ने बताए ।
सबै निवर्तमान डिष्ट्रिक्ट गभर्नरहरूले नेपालको लायनबादको समग्र बिकासका लागि आ–आफ्नो डिष्ट्रिक्ट तथासम्पुर्ण डेलिगेट लायन मित्रहरुलाई लायन राजन लम्सालको पक्षमा मतदान गर्न हार्दिक अपिल गर्दछौ भनेकाछन् ।









