19Shares

पोखरा । बाबा फ़ाउण्डेशन नेपालले विश्व वातावरण दिवस मनाइएको छ। फ़ाउण्डेशनले जिल्ला ट्राफिक कार्यालय कास्कीको हाता भित्र विरुवा रोपण, गत बर्ष रोपण गरिएका विरुवाको गोडमेल सरसफाई कार्यक्रम गरी विश्व वातावरण दिवस मनाईएको फ़ाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले बताए

कार्यक्रममा अध्यक्ष श्रेष्ठले संयुक्त राष्ट्रसंघको आह्वानम हरेक वर्ष जुन मा विश्वभर मनाउँदै आइएको यो दिवस यस बर्ष प्लाष्टिक प्रदूषणको विषयमा केन्द्रित रहेको जानकारी दिदैं फ़ाउण्डेशनको स्थापनाको उद्देश्य मध्य प्लास्टिकजन्य प्रदूषण निर्मूल पारी वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने रहेको बताए

उनले वातावरण संरक्षणको लागि बोट विरुवा रोपण देख़ि फोहोरमैलाको वर्गीकरण गरी कुहिने, नकुहिने र सिसा जन्य पदार्थको तत्कालको ब्यावस्थापनका लागि हरियो, पहेलो रातो रंगको डस्विन प्रयोगमा ल्याईएको समेत जानकारी दिएका थिए

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख तिलक बहादुर रानाभाटले प्लाष्टिकजन्य फोहोरको कारण मानव स्वास्थ्य पर्यावरणमा गम्भीर असर परिरहेको बताउदै बाबा फ़ाउण्डेशनले वातावरण संरक्षणमा पुर्र्याएको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected