२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

विद्यालय सहयोगी बन्दै गरिमा बैंक

स्याङ्जा । सामाजिक उत्तरदायीत्वलाई पच्छ्याउदै आएको गरिमा विकास बैंक सहयोगी बनेर विद्यालयमा पुगेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाग्रीहरु बोकेर स्याङ्जाका विभिन्न शैक्षिक क्षेत्रमा पुगेको हो । यो आर्थिक बर्षमा बैंकले भुमिका निर्वाह गर्नुपर्ने दायित्वलाई अगालेर जिल्लाका शैक्षिक क्षेत्रमा पुगेर सहयोगी बनेको जनाएको छ ।

स्याङ्जाको वालिङ ६ फुलवारीमा रहेको गणेश आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरेको छ । वालिङ मिर्दीमा रहेको गरिमाको शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको क्षेत्रिय प्रमुख लेखनाथ भट्टराईले बताए । कक्षा ५ सम्म अध्ययनरत २५ जना विद्यार्थीलाई बैंकले ट्रयाकसुट तथा कापी कलम उपलब्ध गराएको छ ।

त्यसैगरी बैंकको वालिङ शाखाले वालिङ ११ गब्देमा रहेको बालशिक्षा निकेतन आधारभुत विद्यालयमा विद्यार्थीलाई पोशाक वितरण, वालिङ युनाइटेड क्लवलाई आर्थिक सहयोग र वालिङ १० भकुण्डे स्थित सिद्धार्थ राजमार्गमा जेष्ठ नागरिक प्रतिक्षालय निर्माण गरी सहयोग गरेको जनाएको छ । बैंकको गल्याङ शाखाले गल्याङ नगरपालिका १ स्थित राम्दी गुरुकुल आश्रम विद्यालयमा स्टिल दराज, ज्ञानेश्वर आधारभुत विद्यालय, चण्डीका आधारभुत विद्यालयमा विद्यार्थीलाई पोशाक र बमभञ्याङ् आधारभुत विद्यालयलमा ल्यापटप, महेन्द्र आधारभुत विद्यालयमा खानेपानीको फिल्टर सहयोग गरेको क्षेत्रीय प्रवन्धक भट्टराईले बताए ।

चापाकोट शाखाले चापाकोट क्याम्पसमा सरस्वती मन्दिर निर्माण, मिर्दी शाखाले राष्ट्रिय माविमा खानेपानीको फिल्टर र स्याङ्जा शाखाले पाणीनी आश्रममा टिभी वितरण गरेर सहयोगी भुमिका खेलेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स–साना बालबालिकालाई पोशाक, खानेपानीका फिल्टर सहित विद्युतीय उपकरणहरु वितरण गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत माधव आचार्यले जानकारी दिए ।

स्याङ्जामा मात्रै नभएर देशभर गरिमा बैंक पुगेका स्थानहरुमा सामाजिक उत्तरदायित्व अन्तगर्त विभिन्न सहयोग गर्दै आएको सिइओ आचार्यको भनाई छ । आगामी दिनमा पनि बंैकले आवश्यकता हेरी थप सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिंदै जाने उनले बताए ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धिकालागि बैंकले गरेको सहयोगले थप मद्त पुग्ने वालिङ ६ का वडा सदस्य नन्दु अर्यालले बताए । विद्यालयको समग्र विकासका लागि सरोकारवालाहरु एकमत भएर अगाडि बढ्न सकेमा शैक्षिक गुणस्तरमा सुधार हुने वडा सदस्य अर्यालको भनाई छ । शहरीया बजारका विद्यालयमा भन्दा ग्रामिण क्षेत्रका विद्यालयमा बैंकहरुले गरेको सहयोग अतुलनीय हुने गणेश आधारभुत विद्यालयमा प्रधानाध्यापक नरबहादुर पौडेलले बताए । विद्यालय सबैको साझा शैक्षिक चौतारी भएकाले बैंकहरुको सहयोग ग्रामिण क्षेत्रका विद्यालयमा पुग्नुपर्ने सुझाव उनको छ ।

स्याङ्जाको वालिङमा झण्डै १८ बर्ष अगाडी प्रधान कार्यालय स्थापना गरी संचालनमा आएको गरिमा विकास बैंक अहिले राष्ट्रिय स्तरको बैंक हुन पुगेको छ । देशभर १२५ शाखा, १ एक्सटेन्सन कार्यालय, ५० भन्दा बढी एटिएम मेसिन मार्फत झण्डै १० लाख ग्राहकलाई बैङ्कि प्रवाहमा जोडेर सेवाप्रवाह गर्दै आएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…