२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

भारतीय पेन्सन क्याम्प पोखराद्वारा गण्डकीका ७ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान

पोखरा । पोखरास्थित भारतीय पेन्सन क्याम्पले गण्डकी प्रदेशका विभिन्न सात वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । शनिवार पेन्सन वितरण कार्यालय पोखरामा आयोजित एक कार्यक्रमका बीच कार्यलय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई चाबी हस्तान्तरण गरेका हुन्।

पेन्सन क्याम्प पोखराका जनसम्पर्क अधिकारी भरत भूषण पाण्डेका अनुसार म्याग्दे गाउँपालिकास्थित मनपाङ हेल्थपोष्ट, आँबुखैरेनी अस्पताल, गोरखा जिल्ला अस्पताल, गोरखा नगरपालिका वडा नम्बर ६, पर्वतको आर्थर डाँडाखर्क हेल्थ पोष्ट, स्याङजाको गल्याङ नगर अस्पताल र म्याग्दीको बेनी अस्पताललाई एम्बुलेन्स वितरण गरिएको हो ।

एम्बुलेन्स हस्तान्तरणपछि बोल्दै कार्यालय प्रमुख बगेलले दुई देशबिचको मित्रताको प्रतीक स्वरूप एम्बुलेन्स हस्तान्तरण गरेको बताए । ‘नेपाल र भारत बिचको सम्बन्ध छिमेक मात्र होइन, पारिवारिक छ,’ उनले भने, ‘एम्बुलेन्स हस्तान्तरण दुई देशबिचको असल मित्रताको प्रतीक पनि हो ।‘

एम्बुलेन्स जनसङ्ख्या र भारतीय सेनामा काम गरेकाहरूको सङ्ख्याका आधारमा एम्बुलेन्स दिइएको बताउदै बगेलले ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरूलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको बताए । 

स्वास्थ्य सेवा त्यसमा पनि विशेष गरी आपतकालीन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन भारत सरकारले निरन्तर सहयोग गर्दै आएको बगेलले सुनाए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…