२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

एनवाईईएफको नयाँ नेतृत्वलाई पोखरा उद्योग वाणिज्य संघको बधाइ

पोखरा,८ असार । पोखरा उद्योग वाणिज्य संघले नेपाली युवा उद्यमी मञ्च –(एनवाईईएफ)पोखराको नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गर्दै उद्यमशीलता विकासमा सहकार्यको लागि आह्वान गरेको छ ।
एनवाईईएफ पोखराको वर्ष २०८२÷०८३ को लागि समेज राजभण्डारीको अध्यक्षतामा निर्विरोध रुपले नयाँ कार्यसमिति चयन भएको छ । पोखरा उद्योग वाणिज्य संघ एनवाईईएफको संरक्षक हो ।
नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीले युवाहरुलाई उद्यमी बन्नका लागि आह्वानमात्रै गरेनन्,कृषि एवं स्थानीय कच्चा पदार्थमा आधारित उद्योग संचालन गर्दै त्यसलाई पर्यटन उद्योगसँग जोड्न आग्रह गरे । कम्तिमा पर्यटकले उपयोग गर्ने खाद्यान्नदेखि अन्य सामग्री देशमै उत्पादन हुन सके त्यसले व्यक्तिगत लाभका अलावा कुल ग्राहस्थ उत्पादनमा योगदान गर्ने उनको भनाइ थियो ।
संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले आफूसँग भएको सीप र दक्षता उत्पादनशील क्षेत्रमा लगाउँदै रोजगारी सिर्जनामा पनि योगदान गर्ने गरी अगाडि बढ्न युवाहरुलाई आग्रह गरे । युवाहरु परम्परागत व्यवसायभन्दा माथि उठ्नुपर्ने पनि उनको सुझाव थियो ।
एनवाईईएफ,पोखराका अध्यक्ष समेश राजभण्डारीले सहकार्य,सिर्जनशीलता र उद्यमशीलताबाट व्यक्तिगत तथा समाजलाई समृद्ध बनाउनु नै एनवाईईएफको उद्देश्य भएके बताए । उनले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा उद्यमशीलता विकासका कार्यक्रम ल्याउने उद्घोष पनि गरे ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले जहाँ युवा हुन्छन्, त्यहीँ भविष्य हुन्छ भन्ने भनाइलाई चरितार्थ गर्न एनवाईईएफको नयाँ नेतृत्वसँग आग्रह गरिन् । बधाई तथा सम्मान कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ तथा एनवाईईएफका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा संघका अध्यक्ष गोकर्ण कार्कीले एनवाईईएफका निवर्तमान अध्यक्ष इ. विशेष थापालाई सफल कार्यकालको लागि बधाइ ज्ञापन गर्दै मायाको चिनो प्रदान गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…