8Shares

पोखरा । ऊ बेला अहिलेको जस्तो मिन्सुरेन्सबारे खुलेर कुरा गर्ने चलनै थिएन अझ पहिलो रजश्वला हुँदा पुरुष सूर्यलाई देख्नै हुन्न भनेर गोठ धन्सारमा लुकाउने प्रचलन थियो यद्यपि अहिले भने रजश्वलाबारे खुलेरै कुराहुन्छ छोइछिटोजन्य विभेद पनि हटेको

तर आज ३५ वर्षपछि भेटिएका साथीहरुले कक्षा सातमा पढ्दैगर्दा रजश्वला हुँदाको भएको घटना सम्झिएर साथीहरु समेतलाई सुनाउँदा सबैका अधरमा हाँसोका फोहोराहरु छुटे

पोखराको हेमजास्थित सुइँखेत भ्याली रिसोर्टमा माछापुछ्रे मावि, ढिकुरी पोखरी कास्कीको २०४७सालका व्याची साथीहरुको जमघट भएका सुन्तली (परिवर्तित नाम) बसन्ती (परिवर्तित नाम) ले कक्षा सातपढ्दा त्यति बेलाको घटना सुनाएर सबैलाई छक्क पारे

कुरा २०४४ सालको मंसिर महिनाको थियो सुन्तली  बसन्ती बिधालयको हाफ छुट्टीमा नजिकको खाजा खाने  स्थानमा थिए त्यही बेला सुन्तलीको पहिलो रजश्वला हुन्छ उनी डाँको छोडेर रुन कराउन थालीन, जतिजति योनिबाट रक्तस्राव हुन्छ, उतिउति सुन्तली कराउन थालेपछि बसन्तीले नरोई उपाए निकाल्छु भनि सिरकको खोल च्यातेर सुन्तलीका लागि घरेलु प्याड तयार पारिदिएर सुन्तलीको पहिलो रजश्वलाको व्यवस्थापन गरिदिएकी थिईन् ।

 हो, त्यही घटना आज ३५ वर्षपछि उनीहरुले आफ्ना सहपाठी माझ  सार्वजनिक गरे अहिले बजारमा अनेक प्रकारका आधुनिक प्याड मिन्सुरेन्स कप जस्ता सामाग्री आएका पाइन्छन् विद्यालयका शौचालयहरुमा प्याड समेत राखिएका हुन्छन् तर त्यतिबेला प्याडको पहुँच थिएन, थोत्रा कपडा बेरेर व्याडको काम चलाउ गरिन्थ्यो ३५ वर्षमा भएको परिवर्तनको कथा बसन्ती सुन्तलीले खासखुस खासखुस कुरा गरी मुर्छा पर्ने हाँसे पछि साथीहरुको जोडबलमा उक्त कुरा सुनाए बसन्ती हाल वैदेशिक रोजगारीमा छन् भने सुन्तली वीमा अभिकर्ता सामाजिक अभियन्तामा क्रियाशील छिन् 

वि.. २०८० मा संगठित भएको माछापुछ्रे मावि एसएलसी समूह२०४७ ले बेलाबेला सहपाठीलाई भेला गराएर जिन्दगीका यात्रामा भोगेका तितामीठा अनुभव आदानप्रदान गर्दै आएको

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected