59Shares

काठमाडौ। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन बर्ष २०२५\२६ का डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले डिष्ट्रिक्ट गभर्नर पदको कार्यकाल शुभारम्भ गरेकी छन् । खरेलसँगै प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसी, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईको  पनि कार्यकाल सुरु भएको हो । यद्यपि, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसी अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका गएका छन् ।

लायन्सको विश्वव्यापी प्रचलन अनुरूप जुलाई १ लाई नयाँ कार्यकालको सुरूवातको दिन मानिन्छ । नयाँ डिष्ट्रिक्ट गभर्नरको पदभारसहित कार्यकाल शुभारम्भ ग्रहण गर्ने व्यवस्था अनुरूप आगामी १ वर्षका लागि पाण्डेले गभर्नरका रूपमा कार्यकालको शु्ुभारम्भ गरेकी हुन्  भने पदभार ग्रहण जुलाई १७ मा अमेरिकामा हुने लायन्स अन्तर्राष्ट्रिय सम्मेलन पछि गरिने डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले जानकारी दिईन् ।

मंगलवार काठमांडौमा सम्पन्न कार्यकाल शुभारम्भ कार्यक्रममा पाण्डेले लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सी  राजन लम्साल र निवर्तमान डिष्ट्रिक्ट गभर्नर विनोद ढुङ्गानालाई सम्मान गरेकी छन् । डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको हस्ताक्षरित सम्मानपत्रमा भनिएको छ,

लायन्स अन्र्तराष्ट्रियका बहुआयामिक नेतृत्वको प्रतीक, दृढ सङ्कल्प र समर्पणको ज्वलन्त उदाहरण, डिष्ट्रिक्ट ३२५ आई, नेपालको तर्फबाट अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्शी उम्मेदवार तपाई लायन राजन लम्सालज्यूलाई मल्टिपल डिष्ट्रिक्ट ३२५ को निर्वाचनबाट अत्यधिक बहुमत (७२.२८ प्रतिशत मत) सहित निर्वाचित गराई नेपालको लायन्स अभियानलाई विश्वमञ्चमा पुर्याउन ऐतिहासिक जिम्मेवारी सुम्पिएको छ ा तपाइँको अद्वितीय नेतृत्व, उच्च तहको व्यवहारिक क्षमता, मिलनसारिता र सशक्त दृष्टिकोणको परिणामस्वरूप आज तपाईं अन्तर्राष्ट्रिय डाइरेक्टर पदका लागि नेपालबाट निर्वाचित हुनुभएको छ, जसले सम्पूर्ण डिस्ट्रिक्ट ३२५ आई मात्र होइन, समग्र नेपालकै गौरवलाई थप उच्च बनाएको छ । तपाईको कर्मठता, दूरदर्शिता, असल मानवीय मूल्य र निःस्वार्थ सेवाको प्रतिबद्धताले आज नेपाललाई विश्वसामु अझ गर्वका साथ प्रस्तुत गरेको छ । तपाइजस्तो यशस्वी, प्रेरणादायी र कुशल नेतृत्व क्षमता भएका व्यक्तित्व हाम्रो डिष्ट्रिक्टको गौरव हुनुहुन्छ, जसले हामी सबैलाई अझ बढी उत्प्रेरित बनाएको छ । तपाइँको यो सफलता केवल व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण नेपाली लायन्स परिवारको ऐतिहासिक उपलब्धि हो । हामी विश्वस्त छौं, तपाइँको कुशल नेतृत्वमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा अझ ठूलो पहिचान, सम्मान र सेवा कार्यको नयाँ आयाम प्राप्त गर्नेछ । यस ऐतिहासिक सफलताको अवसरमा डिष्ट्रिक्ट ३२५ आई, नेपाल तथा डिस्ट्रिक्ट परिवारको तर्फबाट तपाईप्रति हार्दिक बधाई, शुभकामना, सम्मान र उत्तरोत्तर सफलताको शुभकामना व्यक्त गर्दैछौ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा अझ उँचो राख्न सफल हुनुहोस् भन्ने कामना सहित ।

त्यस्तै, निवर्तमान डिष्ट्रिक्ट गभर्नर विनोद ढुङ्गानालाई प्रदान गरिएको सम्मानपत्रमा लेखिएको छ,

डिष्ट्रिक्ट ३२५ आई, नेपाल आदरणीय लिडर लायन विनोद ढुङ्गाना ज्यू, यहाँले हाम्रो डिष्ट्रिक्टको गरिमालाई अभिवृद्धि गर्दै लायन वर्ष २०२४–२०२५ मा लायन्स अन्तर्राष्ट्रियको इसामे एरिया फोरम (५२ औं सम्मेलन) भारतको हैदराबादमा डिजी एक्सिलेन्ट अवार्डबाट सम्मानित भई डिष्ट्रिक्टलाई विश्वमा प्रथम स्थानको इतिहास रच्न सफल हुनुभएकोमा हामी सम्पूर्ण डिष्ट्रिक्ट ३२५ आइ परिवार गौरवान्वित भएका छौं । लाय।नवादको विकास र विस्तारको लागि पुरÞ्याउनुभएको महत्वपूर्ण योगदानले राष्ट्रिय तथा अन्तर्राष्ट्रियबाट प्राप्त उच्चतम सफलताको कदर गर्दै आगामी दिनहरुमा यहाँको निरन्तर अभिभावकत्व र प्रेरणा हामीलाई प्राप्त हुने विश्वास सहित लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल हार्दिक कृतज्ञता ज्ञापन गर्दै यो सम्मानपत्र प्रदान गर्दछौं ।

सो समारोहमा डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।

पद ग्रहण पश्चात गभर्नर पाण्डेले लायनहरुको नयाँ बर्ष आजबाट शुरु भएको छ, हामीले हाम्रो डिष्ट्रिक्टलाई हाम्रा अग्रजहरूले तयार गर्नु भएको आधार स्तम्भमा टेकेर डिष्ट्रिक्टलाई थप उचाईमा पुर्याउने प्रणका साथ कार्यकाल शुरु गर्दैछौ, सबैको साथ सहयोगको अपेक्षा गर्दछु ।

उनले आफ्नो कार्यकालको थिम सर्भ, लिड र राईज नारा अन्तर्गत रहेर बर्ष सफल बनाउन निःस्वार्थ सेवा, सशक्त नेतृत्व, उत्कृष्टताको यात्रा“ जीवनको सार्थकता रहेको बताउदै  जब हामी अरूका लागि केही गरिरहेका हुन्छौं, सेवामा समर्पित हुन्छौं, नेतृत्वमार्फत परिवर्तनको मार्ग देखाउँछौं र आफ्नो क्षमतालाई उदयमान बनाउँदै अरूलाई साथमा लिएर हिड्छौ । यही गहिरो दर्शनलाई आत्मसात् गर्दै लायन वर्ष २०२५\२०२६ को मूल नाराका रूपमा सर्भ, लिड र राईज प्रस्तुत गरिएको हो।

सेवा, नेतृत्व र उत्कृष्टताको यात्रामा हामी सबै लायनहरूले आफ्नो योगदानलाई ऐतिहासिक बनाई  सङ्गठन बलियो बनाउन, योगदानका लागि, तालिम\प्रशिक्षणका लागि, फेलोसिप, नैतिक जिम्मेवार बन्न र सेवाका कामका लागि लायन्स लिडरहरूलाईआग्रह समेत गरेकी छिन्  ।

59Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected