२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

माछापुच्छ्रेमा खानेपानी टंकीको शिलान्यास

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छे मा.बि. ढिकुरपोखरीमा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।

लायन्स क्लब अफ पोखरा अन्नपुर्णको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन एवं जर्मनीको म्यूनिच इन्टरनेश्नल स्कुलको सहयोगमा निमार्ण हुन लागेको खानेपानी टंकीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले बुधबार शिलान्यास गरेका हुन् ।

लियो क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष कमल भण्डारीका अनुसार निमार्ण हुन लागेको टंकी १० हजार लिटर क्षमताको रहने र निमार्ण लागत दुई लाख ५० हजार देखी दुई लाख ८० हजार लाग्ने अनुमान गरिएको बताए । कुल लागत मध्ये दुई लाख लायन्स क्लब आफ अन्नपूणले र नपुग रकम माछापुच्छे मा.बि ले व्योहर्ने भण्डारीले जानकारी दिए ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष एवं टंकी निमार्ण कार्यक्रमका सहजकत्र्ता सोनाम साङपोका अनुसार २२ वर्ष अघि पोखराका विद्यालयका बिद्यार्थीहरुको दिशा परीक्षणका क्रममा ७० प्रतिशत बिद्यार्थीहरुमा पानीका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिएको थियो । त्यसपछि विभिन्न दाताहरुको सहयोगमा पानी शुद्ध बनाउनका लागि पोखराका विभिन्न विद्यालयहरुमा गरि तीन सय थान यूरो गार्ड वितरण गरिएको जानकारी उनले जानकारी दिए ।

वितरण गरिएका ती यूरो गार्डहरुले सुरुमा रामै काम गरेपनि त्तकालीन अबस्थाको लोडसेडिङको समस्या र आवश्यक मर्मत संभारको अभावका कारण दुई तीन वर्षपछि काम नगरेपछि स्वच्छ पानीको निम्ती स्थाही समाधानका लागि सन २०१७ देखि खानेपानी टंकीको निमार्ण कार्य सुरु गरेको उनले जानकारी दिए । सन २०१७ देखि हालसम्म गरि ४९ बटा सम्पन्न गरेर बिद्यालयहरुलाई हस्तान्तरण गरिसकेको र निमार्ण हुन लागेको यो ५० औ खानेपानी टंकी रहेको उनले बताए ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण लायन बर्ष २०२५÷२०२६ का अध्यक्ष सुकल्याण पराजुलीका अनुसार सन २०२५÷२०२६ मा क्लबले पोखराका विभिन्न बिद्यालयहरुमा गरि आठ बटा टंकी निमार्ण गर्ने बताए । निमार्ण गर्ने आठ मध्ये यो पहिलो रहेको र अन्य सात टंकीको निमार्ण कार्य क्रमश सुरु गदै जाने जानकारी दिए ।

निमार्ण हुने प्रति टंकी बराबर क्लबले दुई लाख सहयोग गर्ने र त्यभन्दा बढी लागेको रकम सम्बन्धीत बिद्यालयले व्योहर्ने पराजुलीले बताए । टंकी निमार्णको लागि जर्मनीको स्कुलबाट एक टिम लिडर, एक शिक्षक र १५ जना विद्यार्थीहरु गरि १७ जनाको टोली पोखरा आएको छ । टोलीले टंकी निमार्णको लागि तीन दिन माछापुच्छे मा.बि. नाउँडाडामा गएर काम गर्ने समेत पराजुलीले जानकारी दिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…