
टंकराज अधिकारी । लायन्स अन्तर्राष्ट्रियको अर्ल्यान्डो कन्भेन्सनमा डिष्ट्रिक्ट ३२५ आई नेपाल विश्वको पहिलो स्थानमा रहन सफल भएको छ । डिष्ट्रिक्ट गभर्नर पार्बती खरेल पाण्डेले लायन्स अन्तर्राष्ट्रियको १०७औं अर्ल्यान्डो कन्भेन्सनमा बिश्वमा सबैभन्दा बढि (२५ वटा) नया क्लबहरु चार्टर गरि बिश्वको नम्बर १ डिष्ट्रिक्ट गभर्नर बन्नु भएको हो ।
यस अघिका बर्षमा पनि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल विश्वको पहिलो स्थानमा रहन सफल भएको छ । मानवीय सेवाका कार्यमा प्रतिबद्व लायन्स अन्तर्राष्ट्रियमा आवद्व २१२ राष्ट्रका करिव ८०० डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट ३२५ आई नेपालले सर्वाधिक धेरै क्लब, २५ वटा नयाँ क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टर्ड गर्न सफल भई प्रथम स्थानमा प्राप्त गर्नु भएको लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर इन्डोर्सी राजन लम्सालले आफ्नो फेसबुक पेजमा पोस्ट गर्नु भएको छ ।
आईसँगै नेपालका अन्य डिष्ट्रिक्टहरू पनि शीर्ष स्थानमा पर्न सफल भएका छन् । अन्य चार डिष्ट्रिक्टहरू डिष्ट्रिक्ट के ले २० क्लब, आरले १७, जे ले १३ वटा क्लब लगाएत अन्य डिष्ट्रिक्टले लायन्स अन्तर्राष्ट्रियमा नेपालबाट जम्मा १३२ क्लब चार्टर गर्न सफल भएका हुन् । २० क्लब चार्टर गरी दोस्रो हुन् सफल ३२५ के मा दुर्गा हुमागाई डिष्ट्रिक्ट गभर्नर रहेका छन् ।
जुलाई १ बाट कार्यकाल सुरू भएको १४ दिनको अवधीमा आई ले आफ्नो प्रथम स्थान कायमै राखेको डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीले बताए ।
लायन बर्ष २०२२/२३, २३ \ २४ र २४ \ २५ मा पनि डिष्ट्रिक्ट ३२५ आई नेपाल प्रथम स्थान मै रहेको थियो । २०२२/२३ मा रामबहादुर बसेल, २३ \ २४ मा चन्द्र कुमार केसी र २४ \ २५ मा बिनोद ढुंगाना डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रहेका थिए ।











