17Shares

पोखरा । कोभिड १९ को संक्रमणबाट पोखरामा एक संक्रमितको मृत्यु भएको छ । पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचाररत ७० वर्षीया महिलाको कोभिड–१९ संक्रमणका कारण सोमबार मृत्यु भएको पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा करीब साँढे दुईपछि कोभिड संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । यसले गण्डकी प्रदेशको जनस्वास्थ्यमा गम्भीर चुनौति सिर्जना भएको छ । यस घटनाले पुनः एकपटक स्वास्थ्य प्रणालीलाई सजग बनाएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार, ती महिलालाई स्वासप्रश्वासमा समस्या, उच्च रक्तचाप र मधुमेहजस्ता पुराना स्वास्थ्य समस्या भई असार २५ गते पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना भएकी थिइन् ।

उनको केही दिनपछि लक्षण झन गम्भीर देखिएपछि कोभिड–१९ परीक्षण गरिएको थियो। परीक्षणमा संक्रमण पुष्टि भएपछि उनलाई विशेष निगरानीमा राखी उपचार गराइएको थियो । उपचारकै क्रममा साउन ४ गते बिहान अस्पतालमै उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। चिकित्सकहरूको अनुसार, पुराना रोगका कारण उनको रोग प्रतिरोधात्मक क्षमता कमजोर भइसकेको थियो, जसले कोभिड–१९ लाई जटिल बनाएको थियो ।

गण्डकी प्रदेशमा पछिल्लो केही दिनयता कोरोना संक्रमणका घटनाहरु फेरि देखिन थालेको यस घटनाले पुष्टि गरेको छ । गण्डकी प्रदेश
स्वास्थ्य निर्देशनालयका अनुसार हाल कास्कीमा ५, बाग्लुङमा २ र स्याङ्जामा १ जना समेत गरी हाल ८ जना संक्रमित भेटिएका छन्। यो स्थितिले प्रदेश सरकारलाई स्वास्थ्य पूर्वतयारीमा जुट्न पर्ने चुनौति खडा भएको छ । विशेषज्ञहरू भन्छन्, हामी कोभिडसँग लड्दै जितेझैं देखिए पनि, वृद्ध र दीर्घरोगीहरू अझै जोखिममा छन्। अहिलेको संक्रमण स्वरूप लक्षणविहीन वा हल्का हुन सक्छ, तर कमजोरी भएका मानिसहरूमा जटिल रूप लिन सक्छ

 

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected