२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
कृषि

पोखरामा कोदोजन्य बालिका परिकारहरूको प्रदर्शनी तथा कोदो उत्पादक कृषकहरूलाई सम्मान गरिने

पोखरा । प्रथम राष्ट्रिय कोदो दिवस, २०८२ को अवसरमा पोखरामा कोदोजन्य बालिका परिकारहरूको प्रदर्शनी तथा कोदो उत्पादक कृषकहरू सम्मान गरिने भएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगत कृषि विकास शाखाको आयोजनामा यही श्रावण १६ गते पोखरामा उक्त कार्यक्रमको आयोजना गरिएको महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

नेपाल सरकारले “कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ देशव्यापी रूपमा राष्ट्रिय कोदो दिवस मनाउने लागेको हो । दिवसका अवसरमा पोखरामा कोदो कागुनो लगायतका कोदोजन्य बाली/खेती उत्पादन गर्ने कृषकलाई सम्मान तथा प्रोत्साहन प्रदान गर्ने कार्यक्रम समेत रहेको छ ।

कार्यक्रममा सहभागिताका लागि कृषकहरूले आफ्नो नाम ठेगाना सहित खेती गरिएको कोदोजन्य बालीको प्रकार, लगाएको क्षेत्रफल (रोपनी), वार्षिक उत्पादन परिमाण लगायत विवरण समेतको फारम भरि यही श्रावण १५ गतेभित्र कृषि विकास महाशाखा वा कृषि विकास केन्द्रहरूमा बुझाउनु पर्नेछ ।

परम्परागत बालीको संरक्षण, कोदोजन्य पोषिलो अन्नको प्रवर्द्धन, कृषकहरूको आम्दानी वृद्धि, कोदो खेती प्रति कृषकहरूको आकर्षण वृद्धि र स्थानीय खाद्य प्रणाली सुदृढ तथा खाद्य सुरक्षालाई टेवा प्रदान गर्ने मुख्य उद्देश्यले कोदो दिवस विशेष कार्यक्रम आयोजना गरिएको कडरियाले बताए ।

Read more

तरकारी घरबाटै बजारमा : वालिङमा कृषि एम्बुलेन्स सेवा सुरु

३२ लाख ९० हजार रुपैयाँको लगानीमा सेवा सञ्चालन, ढुवानी खर्च घट्ने र किसानको आम्दानी बढ्ने अपेक्षा स्याङ्जा, वालिङ । वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज…

रैथाने बालीमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन अन्नपूर्ण गाउँपालिकाद्वारा विद्यालयलाई भाँडाकुँडा हस्तान्तरण

अन्नपूर्ण, कास्की। विद्यालयस्तरबाटै रैथाने बालीको संरक्षण, पोषणयुक्त दिवा खाजा प्रवर्द्धन तथा कृषि शिक्षालाई व्यवहारसँग जोड्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले पालिकाभित्रका २२ वटा आधारभूत विद्यालयलाई आवश्यक भाँडाकुँडा हस्तान्तरण गरेको छ।…

अन्नपूर्णमा ‘एक घर–एक करेसाबारी’ अभियान सुरु : गाउँपालिकाको लक्ष्य–घरघरमा तरकारी, कृषकको आम्दानीमा वृद्धि

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरमा करेसाबारी निर्माण गरी तरकारी उत्पादन बढाउने उद्देश्यसहित ‘एक घर–एक करेसाबारी’ कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरेको छ। मंगलबार गाउँपालिकाको वडा नं.…

पोखरामा २१औँ रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट दुई कृषक सम्मानित

पोखरा, असार १४। ‘ पोखरा सबै मौसमका लागि ’ भन्ने मूल नारासहित पोखरामा २१औँ रोपाइँ महोत्सव–२०८३ उत्साहपूर्वक सम्पन्न भएको छ। पोखरा पर्यटन परिषद्को मुख्य आयोजना तथा वडा स्तरीय…

पोखरामा ‘तरबुजा मेला २०८३’ सम्पन्न

स्थानीय उत्पादन प्रवर्द्धनसँगै कृषि र पर्यटन जोड्ने प्रयास पोखरा । स्थानीय उत्पादनको प्रवर्द्धन तथा तरबुजा खेतीको बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र वडा नं.…

कृषकलाई कृषि सामग्री तथा उपकरण वितरण

पोखरा, २३ वैशाख । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत कृषि विकास शाखाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार कृषकलाई कृषि उत्पादन सामग्री तथा कृषि यान्त्रिकीकरण सहयोग वितरण गरिएको…