
पोखरा । निलकण्ठ नगरपालिका–१३ साङकोश, धादिङ घर भई हाल पोखरा–४, बगालेटोल बस्दै आएका लाल बहादुर गुरुङले क्यान्सरको उपचारका लागि सहयोगको अपिल गरेका छन् । गुरुङले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देश विदेशमा रहनुभएका नेपालीसँग आर्थिक सहयोगका गरिदिनका लागि अपिल गरेका हुन् ।
उनी दुई वर्षयता घाटीमा देखिएको क्यान्सर रोगसँग लडिरहेका छन् । उनले भने, “उपचार गर्ने पैसा छैन । तर, उपचार गर्दा रोग निको हुनसक्छ भन्ने डाक्टरको सल्लाह छ । मलाई बाँच्न मन छ, त्यसैले मैले सबैलाई आर्थिक सहायताका लागि आग्रह गरेको हुँ।”
दुई वर्ष अगाडि उनलाई भरतपुर क्यान्सर अस्पतालमा चेकजाँच गरेपछि घाटीमा क्यान्सर देखिएको थियो । उपचार गरेपछि पनि स्वास्थ्यमा सुधार नआएको गुरुङले बताए ।
हाल गण्डकी मेडिकल शिक्षण अस्पताल पोखरामा उपचार गराइरेका उनले तीन वटा किमो गरेर चलाईसकेका छन् । किमो चढाउने समय भैसकेको छ, आर्थिक अभावको कारण किमो राख्न नसकिएको क्यान्सरपीडित लाल बहादुरकी श्रीमति मिलन कुमारी गुरुङले बताईन् । मजदुरी गरेर दैनिक जिवनयापन चलाउने गरेकी गुरुङले भन्छिन्, कहाँ गएर हार गुहार गर्ने हो, आफन्त कोई पनि छैन, डाक्टरले अप्रेसन गर्नुपर्छ भनेका छन्, मुखमा अर्को जिब्रो पनि पलाएको छ । मेरो श्रीमानलाइ बचार्ईदिन पर्यौ भन्दै बिलौना गरेकी छन् ।
क्यान्सरपीडित लाल बहादुर गुरुङलाई सहयोग गर्नका लागि उहाँकी श्रीमति मिलन कुमारी गुरुङको नाममा रहेको तल उल्लेखित बैङ्क खातामा रकम जम्मा गर्न सक्नु हुनेछ ।
मिलन कुमारी गुरुङ
माछापुछ्रे बैङ्क लिमिटेड
खाता नम्बर ००११०००३२६००००१०
फोनः ९७६४५१९९८१








