0Shares

पोखरा।  २७औं संस्करणको लामाचौर तीज महोत्सव भदौ ८ देखि १० गतेसम्म हुने भएको छ। नवआदर्श सामुदायिक विकास समाजले संस्थाको आगामी भदौ ८ देखि १० गतेसम्म २९ औं वार्षिकोत्सव समारोह एवं २७ औं लामाचौर तीज महोत्सव गर्दैछ ।

महोत्सवको मुख्य आकर्षण छात्रा भलिबलको टाइटल स्पोन्सर एक्सपर्ट एजुकेशनले गर्ने  सम्बन्धमा सम्झौता भएको छ । आयोजक नवआदर्श सामुदायिक विकास समाज र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजबीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजकतर्फबाट अध्यक्ष दिनेश भण्डारी र कन्सल्टेन्सीतर्फबाट पोखराका शाखा प्रमुख सलि देवान र बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णुप्रसाद गौतमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

चिप्लेढुंगास्थित पोखरा ट्रेड मलको पहिलो र दोस्रो तलामा कार्यालय रहेको उक्त कन्सल्टेन्सीले अष्ट्रेलिया, युके, यूएस, क्यानडा र न्यूजिल्याण्डमा विद्यार्थी पठाउँदै आएको छ ।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसरमा हुने उक्त कार्यक्रममा विविध सांस्कृतिक एवं खेलकुदका गतिविधि हुने छन् । अन्तरमावि छात्रा भलिबलसहित लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिता यहाँको प्रमुख आकर्षण हो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected