२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

लिचीबारी प्रकरणले व्यक्तिको सम्पत्तिमाथिको अधिकार र घरजग्गा कारोबार प्रभावित भएको पोखरा उद्योग वाणिज्य संघको ठहर

पोखरा,२५ साउन । पोखरा उद्योग वाणिज्य संघले व्यक्तिको सम्पत्तिमाथिको हक रक्षा एवं घरजग्गा कारोबारलाई पुनर्जीवन दिने गरी पोखरा १६,को लिचीबारी प्रकरण निरुपणको माग गरेको छ । संघद्वारा आइतबार जारी विज्ञप्तिमा पछिल्लो समय संचार माध्यममा आएको पोखरा १६ को ‘लिचीबारी प्रकरण’ ले यसबाट व्यक्तिको सम्पत्तिमाथिको अधिकार एवं घरजग्गा व्यवसायमा असर गरेको जिकिर पनि गरिएको छ ।

संघका अध्यक्ष गोकर्ण कार्कीबाट हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘ ‘नेपालको संविधान २०७२ को भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको धारा २५ ले नागरिकलाई सम्पत्तिको हक प्रदान गरेको छ । धारा २५ को १ ले ‘प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक’ दिएको छ । संविधानप्रदत्त मौलिक हकको अधिनमा रही व्यक्तिले सम्पत्ति ९घरजग्गासमेत० आर्जन गर्नु कानूनी अधिकार हो । यो अधिकारको प्रयोग गरी आर्जन गरिएको, राज्यकै निकायबाट प्राप्त लालपूर्जाको आधारमा बैंकबाट कर्जा लिइ कृषि व्यवसायसमेत संचालन गरिएको तथा एउटा पुस्ताबाट अर्को पुस्तामा स्वामित्वसमेत हस्तान्तरण भइसकेको जग्गाको पुनः स्वामित्व प्रमाणित गर्नुपर्ने अवस्थाले स्वभाविक रुपले राज्य संयन्त्रका गतिविधिमाथि प्रश्नचिन्ह खडा हुन्छ÷अविश्वास पैदा हुन्छ । यस्ता कार्यलाई कुनै पनि कोणबाट उचित मान्न सकिँदैन ।’

विज्ञप्तिमा पोखरा उद्योग वाणिज्य संघ कानूनी राज्य र व्यक्तिको सम्पत्तिमाथिको हकको पैरवीमात्र गर्दैन, नेपाल सरकार तथा न्यायालयप्रति पूर्ण भरोशा राख्ने उल्लेख गर्दै लिचीबारी प्रकरणको रुपमा संचार माध्यममा आएका समाचारहरुले सुशासनमाथि धावा बोल्ने, व्यक्तिलाई सम्पत्तिमाथिको अधिकारबाट च्यूत गराउने तथा लालपूर्जा सिरानी हालेर बसेका नागरिकहरुले पनि असुरक्षा महसुस गर्ने परिस्थिति निर्माण भएको जिकिर पनि गरिएको छ । विज्ञप्तिमा भनिएको छ,‘ नागरिकमा राज्यप्रति अविश्वास सिर्जना गराउँछ र लगानीको वातावरण खल्बल्याउँछ भन्ने हाम्रो धारणा रहेको छ ।’

पोखरा उद्योग वाणिज्य संघले घरजग्गा कारोबारलाई प्रत्यक्ष असर पारेको जिकिर गर्दै यो प्रकरणले नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्य तथा मौद्रिक नीतिमार्फत् अर्थतन्त्र चलायमान बनाउने हेतुले घरजग्गा कारोबारमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहको सीमा बृद्धि गरेपछि उत्साहित बनेका नागरिक र व्यवसायीहरु यो प्रकरणपछि हच्किएका पनि बताइएको छ ।

‘घरजग्गा कारोबारमा पुनः मन्दीतर्फ उन्मुख भएकोमा हामी गम्भीर भएका छौँ,’विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिको पूर्णपाठ संलग्न छ ।
प्रेस विज्ञप्ति

पछिल्लो समय संचार माध्यममा आएको पोखरा १६ को ‘लिचीबारी प्रकरण’ तथा यसबाट व्यक्तिको सम्पत्तिमाथिको अधिकार एवं घरजग्गा व्यवसायमा पारेको असरप्रति पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ । पोखरा उद्योग वाणिज्य संघ कानूनी राज्य र व्यक्तिको सम्पत्तिमाथिको हकको पैरवीमात्र गर्दैन, नेपाल सरकार तथा न्यायालयप्रति पूर्ण भरोशा राख्दछ ।
नेपालको संविधान २०७२ को भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको धारा २५ ले नागरिकलाई सम्पत्तिको हक प्रदान गरेको छ । धारा २५ को १ ले ‘प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक’ दिएको छ । संविधानप्रदत्त मौलिक हकको अधिनमा रही व्यक्तिले सम्पत्ति ९घरजग्गासमेत० आर्जन गर्नु कानूनी अधिकार हो । यो अधिकारको प्रयोग गरी आर्जन गरिएको, राज्यकै निकायबाट प्राप्त लालपूर्जाको आधारमा बैंकबाट कर्जा लिइ कृषि व्यवसायसमेत संचालन गरिएको तथा एउटा पुस्ताबाट अर्को पुस्तामा स्वामित्वसमेत हस्तान्तरण भइसकेको जग्गाको पुनः स्वामित्व प्रमाणित गर्नुपर्ने अवस्थाले स्वभाविक रुपले राज्य संयन्त्रका गतिविधिमाथि प्रश्नचिन्ह खडा हुन्छ÷अविश्वास पैदा हुन्छ । यस्ता कार्यलाई कुनै पनि कोणबाट उचित मान्न सकिँदैन ।
लिचीबारी प्रकरणको रुपमा संचार माध्यममा आएका समाचारहरुले सुशासनमाथि धावा बोल्ने, व्यक्तिलाई सम्पत्तिमाथिको अधिकारबाट च्यूत गराउने तथा लालपूर्जा सिरानी हालेर बसेका नागरिकहरुले पनि असुरक्षा महसुस गर्ने परिस्थिति निर्माण भएको छ । यसले नागरिकमा राज्यप्रति अविश्वास सिर्जना गराउँछ र लगानीको वातावरण खल्बल्याउँछ भन्ने हाम्रो धारणा रहेको छ ।
अर्कोतर्फ, यो प्रकरणले‘घरजग्गा कारोबार’लाई प्रत्यक्ष असर पारेको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्य तथा मौद्रिक नीतिमार्फत् अर्थतन्त्र चलायमान बनाउने हेतुले घरजग्गा कारोबारमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहको सीमा बृद्धि गरेपछि उत्साहित बनेका नागरिक र व्यवसायीहरु यो प्रकरणपछि हच्किएका छन् । घरजग्गा कारोबारमा पुनः मन्दीतर्फ उन्मुख भएकोमा हामी गम्भीर भएका छौँ ।
अतः पोखरा उद्योग वाणिज्य संघ,व्यक्तिको सम्पत्तिमाथिको हक रक्षा एवं घरजग्गा कारोबारलाई पुनर्जीवन दिने गरी यो प्रकरणको यथाशक्य छिटो निरुपणका निम्ति सरोकार निकायसँग जोडदार माग गर्दछ ।

गोकर्ण कार्की
अध्यक्ष
मिति : २०८२।०४।२५

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…