२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

गण्डकी प्रदेश सरकारले आर्थिक भार कम गर्न ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती

पोखरा । गण्डकी प्रदेश सरकारले प्रशासनिक खर्च कटौतीका लागि व्यापक मात्रामा कार्यालय खारेजी र मर्जको निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ कार्यालय पूर्णतः खारेज गर्ने र ३२ कार्यालय मर्ज गरेर १७ वटा कार्यालयमा कायम गरिएको छ ।

यी कार्यालय खारेज गर्दा १ सय ८५ कर्मचारीको दरबन्दी कटौती भएको छ । यो निर्णयले प्रदेश सरकारको वार्षिक करिब ५० करोड रुपैयाँ बचत हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

सरकारले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी स्वास्थ्य मन्त्रालयमा ५७ जनाको दरबन्दी खारेज गरिएको छ । यस्तै, वन तथा वातावरण मन्त्रालयमा ३२, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा २५, र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा २४ जनाको दरबन्दी कटौती भएको छ ।

त्यसैगरी, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा १४, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १३, उद्योग तथा पर्यटन मन्त्रालयमा ९, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा ७, नीति तथा योजना आयोगमा ३ र प्रदेश सभा सचिवालयमा १ जनाको दरबन्दी खारेज गरिएको छ ।

प्रदेश सरकार स्थापना भएको ७ बर्ष पूरा भई सक्दा पनि त्यसको कार्यमुल्याङकन र प्रभावकारीता खासै नदेखेर प्रदेश सरकारले कम आर्थिक भार होस भन्दै केही कर्मचारी दरबन्दी कटौती देखि निर्देशनालय खारेज गर्नेसम्मको निर्णय गर्न बाध्य भएको सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका हुन् ।गण्डकी प्रदेश सरकारले प्रशासनिक खर्च कटौतीका लागि ७ निर्देशनालय र २ केन्द्र खारेज गर्दै १८५ कर्मचारी दरबन्दी घटाएको उनले जनाए ।

यो पहिलो अभियानबाट कर्मचारीको तलब–भत्तामै वर्षमा करिब ४० करोड र कार्यालयगत खर्च सहित करिब १ अर्ब रुपैयाँको आर्थिक भार कम हुने उनको  तर्क थियो । पूर्वसचिव शरदचन्द्र पौडेलको नेतृत्वमा बनेको संरचना पुनरावलोकन समितिको सिफारिसमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो।

खारेज भएका निर्देशनालयमा पर्यटन, उद्योग तथा उपभोक्ता हित संरक्षण, कृषि विकास, पशुपन्छी तथा मत्स्य विकास, पूर्वाधार विकास, वन, शिक्षा विकास र प्रदेशिक स्वास्थ्य निर्देशनालय छन्। साथै स्वास्थ्य तालिम केन्द्र र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पनि बन्द गरिएका छन्।

कार्यालय मर्ज अन्तर्गत पर्यटन तथा उद्योग कार्यालय म्याग्दी–मुस्ताङ, बाग्लुङ–पर्वत, स्याङ्जा–कास्की, तनहुँ–गोरखा र लमजुङ–मनाङमा गाभिएका छन्। कृषि, पशु सेवा, प्रयोगशाला, स्वास्थ्य र सिँचाइ क्षेत्रका विभिन्न कार्यालय पनि एकीकृत गरिएका छन्।

पुनर्संरचनाबाट फालिएका कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समायोजन गरिने, रिक्त पद निजामती सेवाबाट पूर्ति हुने र अन्य सेवाबाट काजमा आएका कर्मचारी फिर्ता पठाइनेछ। मुख्यमन्त्री पाण्डेले केही समय सेवाग्राही र कर्मचारी प्रभावित भए पनि दीर्घकालमा यो कदमले प्रदेशलाई आर्थिक रूपमा सहज र सेवा वितरण प्रभावकारी बनाउने दाबी गरे ।

यी हुन् गण्डकी सरकारले खारेज गरेका १८५ कर्मचारीको दरबन्दी (सूचीसहित)

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…