२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

पोखरा र कोमागाने नगर बीच भगिनी सम्बन्ध भएको २५ बर्ष पुगेको अवसरमा कोमागाने नगरका प्रमुखको पोखरा भ्रमण हुने

पोखरा। पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध भएको जापानको कोमागाने नगरका प्रमुखको निकट भविष्यमा पोखरामा हुने भ्रमणका विषयमा जापानको नागानो प्रीफेक्चरको एक टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ । नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा कोमागाने नगरका प्रमुख लगायत कोमागाने चेम्बर अफ कमर्सका प्रतिनिधिहरूको पोखरा भ्रमणको तयारी र सन्दर्भका विषयमा छलफल भएको हो ।
उक्त भ्रमणका क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कोमागाने नगरका प्रमुख युजो इतोका बिचमा महत्त्वपूर्ण विषयहरूमा समझदारी हुनेछ । दुई नगरका बिचमा दुई पक्षीय सांस्कृतिक आदानप्रदान, सूचना प्रविधि, जनशक्ति, पर्यटन तथा व्यवसायीक साझेदारी, एक अर्कामा सहयोग आदानप्रदान लगायत विषयहरूमा समझदारी गर्दै सर्वप्रथम सन् २००१ मा भगिनी सम्बन्ध कायम गरिएको थियो । दुई नगरका बिचमा भगिनी सम्बन्ध स्थापना भएको रजत वर्षका अवसरमा हुन लागेको नगर प्रमुख इतोको पोखरा भ्रमणका क्रममा साझेदारी र दुई पक्षीय सम्बन्धको नयाँ श्रृखला सुरु गरिने नगर प्रमुख आचार्यले बताए ।
उनका अनुसार पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्नेदेखि लिएर रोजगारी, अध्ययन र सीप विकासका सन्दर्भमा दुईपक्षिय हितलाई महत्त्व दिइनेछ । जापान सरकारको सहयोगमा पोखरामा विभिन्न परियोजनाहरू सञ्चालनमा रहेको स्मरण गर्दै नगरप्रमुख आचार्यले सहकार्यका लागि आफूहरू तयार रहेको बताए । जापानी टोलीले पोखरा प्राकृतिक रूपमा निकै सुन्दर रहेको यहाँको पर्यटन उद्योगको विकास र नागरिकहरूको जीवनस्तर सुधारका सवालहरूमा हातेमालो गर्न तयार रहेको बताएको छ ।
टोलीमा जापानको तर्फको कासुनोरी कोबाईसी, ताकासी ओकुबो, एनआरएनए नागानो केन प्रीफेक्चर जापानका अध्यक्ष जीवन पौडेल क्षेत्री र पोखरा कोमागाने मैत्रीपूर्ण सम्बन्ध संयोजक उत्तम राज कायस्थ रहेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…