15Shares
पोखरा।  कञ्चन पत्रकारिता पुरस्कार पत्रकार द्वय राम गुरुङ र कैलाशबाबु श्रेष्ठलाई अर्पण गरिएको छ।  व्यवसायी एवं समाजसेवी विमलमान गुभाजु तथा उहाँको परिवारद्वारा पिता स्व.वेदमान गुभाजू र माता स्व. नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापित तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार पत्रकार द्वय राम गुरुङ र कैलाशबाबु श्रेष्ठलाई अर्पण गरिएको हो ।
उनीहरूलाई नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २६ औँ स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मान सहित पुरस्कार अर्पण गरेका हुन् ।
पत्रकार गुरुङ पोखरामा रहेर लामो समयदेखि फोटो पत्रकारिता गरिरहेका छन् भने पत्रकार श्रेष्ठ गोर्खामा क्रियाशील छन् ।
15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected