
पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल एरिया १२ रिजन २७ जोन ६१ र ६२ अन्तर्गतका क्लबहरूको संयुक्त पदस्थापन समारोह विहिवार सम्पन्न भएको छ ।
पोखरा–१२, माटेपानीस्थित, एसआर केसी बेन्क्युईटमा सम्पन्न पदस्थापन समारोहमा लायन्स क्लब अफ पिस सिटी, पोखरा आदर्श, आर्दश चौतारी, साधना, सानीमा, पुष्प बाटीका क्लब अध्यक्ष एवं पदाधिकारीहरुलाई पदस्थापन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर एवं पदस्थापन समारोहका पदस्थापन अधिकृत पार्वती खरेल पाण्डेले पदस्थापन गराएकी थिईन् । भने, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसीले ६ वटै क्लबमा भित्रिएका नयाँ सदस्यहरुलाई लायनवादका निती, नियम बारे जानकारी गराई सपथ गराएका थिए ।
कार्यक्रममा ६ वटै क्लबका लायन बर्ष २०२४\२५ का अध्यक्षहरू क्रमशः दिपेन्द्र चालिसे, रमेश थापा, सूर्य प्रसाद पोख्रेल, सिता गरुङ, हिमाल देवी गुरुङ र भिमप्रसाद न्यौले आफ्ना कार्यकालमा सम्पादन गरेका प्रगति बिवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै, लायन बर्ष २०२५\२६ का अध्यक्षहरू क्रमश: ज्ञानेन्द्र थापा, नारायण थापा, भोज बहादुर थापा, जित बहादुर गुरुङ, बिनय राउत र बिक्रम पन्तले हालसम्म क्लबले सम्पादन गरेका कार्यका साथसाथै भावी कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।
लयन्स क्लव अफ आर्दश चौतारीका बर्ष २०२४्र\२५ का अध्यक्ष सूर्य प्रसाद पोख्रेलले पहिलो सत्र र पिससिटीका बर्ष २५\२६ अध्यक्ष ज्ञानेन्द्र थापाले दोस्रो सत्रको अध्यक्षता गरेको कार्यक्रममा पिस सिटीका पूर्व अध्यक्ष एवं जोन ६२ का जोन चेयरपर्सन जिवन ढुंगानाले स्वागत मन्तब्य, आर्दशका पूर्व अध्यक्ष एवं रिजन २७ का रिजन चेयरपर्सन कृष्ण गुरुङले धन्यवाद मन्तब्यसहित समापन भएको कार्यक्रममा पुष्प बाटीकाका सचिव प्रविण बरालले पहिलो सत्र र आर्दशका सचिव गोविन्द चापागाईले दोस्रो सत्र सञ्चालन गरेका थिए ।
समारोहमा निवर्तमान डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, द्वित्तीय भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराई, पुर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेल लगायतले शुभकामना मन्तब्य राखेका थिए।









