लेखनाथस्थित ७ वटा क्लबको संयुक्त पदस्थापन सम्पन्न, समारोहमा पढ़ाउ अभियानको रकम हस्तान्तरण
- August 12, 2025
- 1305

लेखनाथ, कास्की । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन २१ जोन ४९ र ५० अन्तर्गतका ७ वटा क्लबहरूको संयुक्त पदस्थापन समारोह मंगलवार सम्पन्न भएको छ ।
कार्यक्रममा लेखनाथ सेवन लेक सिटीका संस्थापक अध्यक्ष शिव प्रसाद भण्डारी आर पूर्व अध्यक्ष बालकृष्ण भण्डारीले पढ़ाउ अभियान अन्तर्गतको रकम डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे मार्फ़त सम्बंधित विधालयका विधार्थीलाई हस्तान्तरण गरेका थिए ।
पोखरा–२७, लेखनाथ, तालचोकस्थित नमस्ते पाटी प्यालेसमा सम्पन्न पदस्थापन समारोहमा लायन्स क्लब अफ लेखनाथ सिमसार, मेट्रो सिटी, पोखरा स्मार्ट सिटी, लेखनाथ लोटस्, सेवेन लेक सिटी, लेखनाथ स्टार र लेखनाथ कालिका सिटीका क्लब अध्यक्ष एवं पदाधिकारीहरुलाई पदस्थापन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर एवं पदस्थापन समारोहका पदस्थापन अधिकृत पार्वती खरेल पाण्डेले पदस्थापन गराएकी थिईन् । भने, द्धित्तीय भाईस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईले ७ वटै क्लबमा भित्रिएका नयाँ सदस्यहरुलाई लायनवादका निती, नियम बारे जानकारी गराई सपथ गराएका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ लेखनाथ सिमसार, मेट्रो सिटी, सेवेन लेक सिटीका लायन बर्ष २०२४/२५ का अध्यक्षहरू क्रमशः ईन्दीरा ओझा, जिवन तिवारी र बिष्णु प्रसाद लामिछानेले आफ्ना कार्यकालमा सम्पादन गरेका प्रगति बिवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै, लायन बर्ष २०२५/२६ का लेखनाथ सिमसार, मेट्रो सिटी, पोखरा स्मार्ट सिटी, लेखनाथ लोटस्, सेवेन लेक सिटी, लेखनाथ स्टार र लेखनाथ कालिका सिटीका अध्यक्षहरू क्रमश : कल्पना तिवारी, कुशलबाबु लामिछाने, डार्विन लम्साल, पुष्पमणि भण्डारी, सुधिरमणि लामिछाने, सत्यराज साप्कोटा र चिरञ्जिवी भूर्तेलले हालसम्म क्लबले सम्पादन गरेका कार्यका साथसाथै भावी कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।
समारोहमा डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना र पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले क्लबहरुबाट सम्पादन गरेका कार्यको प्रशंसासहित कार्यकाल सफलताको कमाना गरेका थिए ।
लयन्स क्लव अफ लेखनाथ सेवेन लेक सिटीका बर्ष २०२४/२५ का अभ्यक्ष बिष्णु प्रसाद लामिछाने र सिमसारका बर्ष २५/२६ अध्यक्ष कल्पना तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिमसारका प्रथम उपाध्यक्ष चन्द्रा पौडेलले स्वागत मन्तब्य राखेको कार्यक्रम मेट्रो सिटीका उपाध्यक्ष सुजन अधिकारीले धन्यवाद ज्ञापन मेट्रो सिटीका सचिव भुवनराज बराल र लोटसका उपाध्यक्ष नवराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।








