
अन्नपूर्ण, कास्की । दिगो महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा तीज पर्वको अवसरमा दर खाने कार्यक्रम सम्पन्न भएको छ । साविक ढिकुपोखरी गाविसलाई समेटेर गठन भएको उक्त सहकारीको सोमवार अन्नपूर्ण गाउँपालिका वडा नं. १ स्थित ए फोर रिर्सोटमा तीज पर्वको अवसरमा दर खाने कार्यक्रम सम्पन्न भएको छहो ।
सहकारीका अध्यक्ष हरि केसीको अध्यक्षता अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर के सीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोख्रेल, प्रवत्ता एवं वडा नं. ७ का वडाध्यक्ष भरतमान गुरुङ, २ का वडाध्यक्ष पिताम्वर भण्डारी लगाएत सहकारीसँग आबद्ध महिलाहरू, स्थानीय सामाजिक अगुवाहरू, सरोकारवालाहरू र सदस्यहरूको उत्साहपूर्वक सहभागिता रहेको थियो ।
उपस्थित महिलाहरूले तीज गीत, नृत्य र विविध सांस्कृतिक प्रस्तुतीमार्फत कार्यक्रमलाई झनै रंगीन बनाएका थिए ।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष केसीले सहकारी संस्थाले महिलाको आर्थिक सबलीकरण र सामाजिक सहभागितामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरेका थिए ।
सहकारीका सचिव कमला केसीको सञ्चालन रहेको कार्यक्रममा उपाध्यक्ष चन्द्रकला अधिकारी, निर्वतमान उपाध्यक्ष सगुन गुरुङ, वडा नं. २ का वडाध्यक्ष पिताम्वर भण्डारी, कार्यपालिका सदस्य नारायणी परियार, ढिकुरपोखरी समाज पोखराका अध्यक्ष लक्ष्मी अधिकारी, सहकारीका उपाध्यक्ष खिमा भण्डारीलगाएतले तीज पर्वको महत्व र पछिल्लो समयमा आएको परिवर्तनसागै सामुहिक दर खाने प्रचलनकन बारेमा आ–आफ्ना भनाई राखेका थिए ।

सो अवसरमा सहकारीका पदाधिकारीहरूले सहकारीको विगतका गतिविधि, उपलब्धि तथा भावी योजना प्रस्तुत गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका थिए।










