26Shares

अन्नपूर्ण, कास्की । सात पुस्तादेखिका दाजुभाइहरूको पहिलो पुनर्मिलन एवम् तीजको दर खाने कार्यक्रम सोमबार गाउँमै हर्षोल्लासका साथ सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका–३, रानीथोक पुख्र्यौली थलो भई सात पुस्ता अघि स्व. हिमलाल र उहाँका श्रीमतिद्धय मनोधरा र राधिकाका दर सन्तानहरु करिव १०० जनाको उपस्थििति रहेको थियो ।

कार्यक्रममा सात पुस्तादेखि स्व. हिमलालका दुई श्रीमती मध्ये मनोधराका सन्तान रानीथोक मै बस्दै आएका छन् भने  राधिकाका सन्तान लुम्ले, कास्की लगाएतका अलगअलग स्थानमा बसोबास गर्दै आएका छन् ।  सोमवार अन्नपूर्ण गाउँपालिका–३, रानीथोकस्थित सामुदायिक भवनमा आयोजित पहिलो पुनर्मिलन एवम् तीजको दर खाने कार्यक्रममा भेट भएका दाजुभाइ, भतिजा, नाति–नातिनीहरू जम्मा भई आत्मीयता, पारिवारिक स्नेह र भाईचारा झनै मजबुत पारेका थिए । सहभागीहरूले आफ्ना बाल्यकालका स्मृति, संस्कार र परम्पराबारे अनुभव साटासाट गर्दै आगामी दिनमा अझ संगठित भएर सामाजिक र पारिवारिक एकता कायम राख्ने संकल्प गरेका थिए ।

स्व. हिमलालका पनाती मुक्तीराम पौडेलको अध्यक्षता, हिमलालका नातिनी बुहारी पौडेल परिवारकी जेष्ठ सदस्य ८८ बर्षिय कृष्ण कुमारी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा पनातीहरु दुर्गा प्रसाद पौडेल, नारायण प्रसाद पौडेल, दिनेश जिसी पौडेलले यस्तो पुनर्मिलनले विगतका सम्बन्धलाई पुनः जीवित तुल्याउने र भावी पुस्तालाई एकताको मूल्य सिकाउने उल्लेख गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

तीज पर्वको अवसर पारेर आयोजित यस कार्यक्रममा उपस्थित चेलीबेटी महिलाहरूले तीज गीत गाएका, नृत्य प्रस्तुत गरेका र सामूहिक रूपमा दर खाई पर्वको उल्लास मनाएका थिए ।

26Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected