
काठमाडौं । लायन्स डिष्ट्रिक्ट ३२५आई नेपालका डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर सन्दिप पराजुलीद्वारा नमो जीवन परोपकार समाजमा आश्रित बुबाआमालाई भोजन सेवा प्रदान गरेका छन् । लायन्स क्लब अफ काठमाडौं गुल मोहरका संस्थापक अध्यक्ष समेत रहेका पराजुलीले आफ्नो जन्मदिनलाई समाजसेवामै रूपान्तरण गर्दै काठमाडौंस्थत नमो जीवन परोपकार समाजमा आश्रित ३५ जना बुबाआमाहरूलाई भोजन सेवा प्रदान गरेका हुन् ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले पराजुलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट गर्दै स्वयम् भोजन खुवाउनु भएकोमा धन्यवादसहित आभार ब्यक्त गर्दै जन्मदिन रमाइलो गर्ने मात्र अवसर होइन, समाजका लागि केही योगदान दिने अवसर पनि हो भन्ने सन्देश प्रवाह गरेको बताएकी थिईन् ।
नमो जीवन परोपकार समाजका अध्यक्ष दुर्गा दाहालले ज्येष्ठ नागरिकहरूको सेवामा पराजुलीले देखाउनुभएको उदाहरणीय योगदान प्रशंसनीय रहेको प्रतिक्रिया दिदै संस्थामा बसोबासरत बुबाआमाहरूलाई नियमित स्वास्थ्य, आश्रय र पोषणयुक्त आहार उपलब्ध गराउन अझै निरन्तर सहयोग आवश्यक रहेको बताए ।
सामाजिक क्षेत्रमा सक्रिय पराजुलीले यसअघि पनि कहिले रक्तदान, कुनै बर्ष विद्यालयहरूमा शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर आयोजना तथा वृक्षारोपण जस्ता विभिन्न परोपकारी गतिविधि गर्दै आएका छन ्। आगामी दिनमा अझ प्रभावकारी ढंगले परोपकारी कार्यलाई अगाडि बढाउने योजना रहेको जानकारी उनले दिए।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं गुल मोहरका क्लब अध्यक्ष, पूर्व अध्यक्ष, पदाधिकारी, सामाजिक अभियन्ता, अभिभावक, मिडिया प्रतिनिधि तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।











