२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

विन्ध्येश्वरी आदर्श स्कुलमा तीज गीत प्रतियोगिता

पोखरा । पोखराको मोहोरीयाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले हरितालिका तीजको अवसर पारेर तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ।
करिव २० वटा समूहले भाग लिएको प्रतियोगितामा आधारभूत तहमा कक्षा ५ मा अध्ययनरत छात्र छात्राहरु युनिका खनालको समुह प्रथम, कक्षा ४ की छात्रा काव्या बि.क. द्वितीय, कक्षा १ की लियोसा के.सी.को समुह तृतीय र कक्षा ३ की छात्रा बिपासा मल्लले सान्त्वना स्थान प्राप्त गरेका छन् । यसैगरी कक्षा ६ देखि १० तर्फबाट कक्षा ९ मा अध्ययनरत छात्र छात्राहरु एस्थर तामाङको समुह प्रथम र कक्षा १० मा अध्ययनरत प्रशंसा कार्कीको समुहले द्वितीय स्थान प्राप्त गरेकाे अतिरिक्त क्रियाकलाप संयोजक राजु वयलकोटीले जानकारी दिनुभयो।
विजयी विद्यार्थीलाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र विद्यालयका प्राचार्य  कृष्णकुमार श्रेष्ठ र जोजिजू म्युजिक सेन्टरका व्यवस्थापक सोनु जोजिजुले गर्नुभएको थियो। प्राचार्य श्रेष्ठले  नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने कार्य विद्यालय तहबाटै हुनुपर्नेमा जोड दिनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरुकाे शैक्षिक, सामाजिक, व्यक्तिगत तथा बौद्धिक विकासमा सहयोग पु¥याउनुका साथै उनीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन हुने  बताउनुभयो । प्रतिष्पर्धी विद्यार्थीको मुल्यांकन विद्यालयका नृत्य शिक्षिका रन्जु बयलकोटी र अतिथि जोजिजुले गर्नुभयो ।
अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले संयोजन गरेको कार्यक्रमको सञ्चालन विद्यालय प्रमुख माया क्षेत्रीले गर्नुभएको थियो ।”गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ विद्यालयले विभिन्न सिर्जनात्मक कार्यक्रम संचालन गर्दै आएको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…