72Shares

पोखरा । लायन्स क्लब अफ पोखरा ईन्फरमेशन टेक्नोलोजीले पोखरा–१७ पार्दीस्थित पार्दी माध्यमिक विद्यालयलाई विद्यालय परिसर सुरक्षित बनाउन सिसि क्यामेरा जडान गरेको छ । विद्यालय प्राङगणमा आयोजित विशेष समारोहबीच क्लबले सो बिधालयमा क्यामेरा जडान  गरी प्रोजेक्ट रिपोर्ट बिधालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज ढकाल र विधालयका प्रधानाध्यापक बामदेव पौडेललाई हस्तान्तरण गरेको हो।

क्यामेरा जडान प्रोजेक्ट रिपोर्ट हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गर्भनर राम बहादुर बसेलले विद्यालय शिक्षा मात्र होइन, विद्यार्थीको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुने भएकाले लायन्स क्लबले गरेको यो सहयोग प्रशंसनीय भएको बताए ।

लायन्स क्लब अफ पोखरा ईन्फरमेशन टेक्नोलोजीका अध्यक्ष रावत तामांग गोम्जाले विद्यालयलाई प्रविधिमैत्री बनाउन क्लब निरन्तर सहयोग गर्न तत्पर रहेको जानकारी दिदै आजको दिनमा अनुशासन, सुरक्षा र पारदर्शिताका लागि सिसि क्यामेरा अपरिहार्य भइसकेको छ र विद्यार्थीलाई सुरक्षित वातावरण दिन पाउनु हाम्रो लागि गर्वको कुरा रहेको भनाइ राखे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज ढकालले लायन्स क्लबप्रति आभार व्यक्त गर्दै यस पहलले विद्यालयलाई अझ अनुशासित, सुरक्षित र विश्वसनीय बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए । उनले भविष्यमा पुस्तकालय, विज्ञान प्रयोगशाला र डिजिटल शिक्षामा समेत सहयोगको अपेक्षा समेत व्यक्त गरेका थिए ।

क्लबका निवर्तमान अध्यक्ष एवम् कार्यक्रमका संयोजक ई.  दिनेश महर्जनले विद्यार्थीको भविष्य निर्माणका साथै  बिधालयको शैक्षिक गतिबिधि र सुरक्षाका बिषयमा सानो भए पनि सहयोग गर्न पाएकोमा बिधालय परिवारप्रति खुशी व्यक्त गरेका थिए।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एडमिनिट्रेटर टंकराज अधिकारी, एरिया को-अर्डीनेटर निरा कोइराला, रिजन २४ का रिजन चेयरपर्सन हरिहर पराजुली, जोन ५६ का जोन चेयरपर्सन बिष्णुप्रसाद तिमिल्सिना, क्लबका संस्थापक अध्यक्ष सनरोज गुरुङ, क्लबका पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति थियो ।

लायन्स क्लबले यसअघि पनि स्थानीय विद्यालयमा शैक्षिक सामग्री, स्वास्थ्य शिविर तथा वृक्षरोपण कार्यक्रम गर्दै आएको र आगामी दिनमा डिजिटल शिक्षा प्रवद्र्धन, स्वास्थ्य जाँच शिविर र छात्रवृत्ति कार्यक्रम अघि बढाउने योजना रहेको क्लबका सचिव राजेश अधिकारीले जानकारी दिए ।

72Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected