पोखरा-१३ मा बस दुर्घटना, २३ जना घाइते, १२ जनाको प्राथमिक उपचारपछि डिस्चार्ज, १० जनाको उपचार भइरहेको
- August 25, 2025
- 1575

0Shares
पोखरा । पोखरा महानगरपालिका- १३ मा बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका-१३ आर्बाबाट महेन्द्रपुलतर्फ आउँदै गरेको ग १ ख ४०२७ नम्बरको बस ब्रेक फ्रेल भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा २३ जना घाइते भएका छन् । उनीहरू सबैलाई पोखरा -१३ वडाध्यक्ष किरण बरालले तत्कालै आफ्नै गाडी र २ वटा एम्बुलेन्स ब्यवस्था गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएका थिए ।
जसमध्ये सामान्य घाइते १२ जनाको प्राथमिक उपचारपछि डिस्चार्ज भइरहेका छन् भने १० जनाको उपचार भइरहेको छ ।स्थानीयका अनुसार वडाध्यक्ष बरालले तत्कालै स्वास्थ्य संस्थामा उपचारका लागि पुर्याउन नेतृत्व लिँदा ठूलो क्षति हुन पाएन ।
बस अनियन्त्रित भएर दुर्घटना भएको र ४ जनाको अवस्था मध्यम रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
0Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।













