22Shares

पोखरा।  पोखरा उद्योग बाणिज्य संघको ७१औ साधारण सभाको अवसरमा पोखरा उद्योग बाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७९ बाट पत्रकार मोहनकुमार (आरजु) विष्ट सम्मानित भएका छन् । समारोहमा प्रमुख अतिथि नेपाल उधोग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले उनलाई नगद रु. २५ हजार, दोसल्ला र सम्मानपत्र प्रदान गरेका छन ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय विष्ट सन् २००१ (२०५८ साल) देखि रेडियो अन्नपूर्णमा निरन्तर कार्यरत छन् । हाल सफलन्यूज डटकमसहित विभिन्न सञ्चारमाध्यमसँग आबद्ध उनी आर्थिक, पर्यटन, सामाजिक र साहित्यिक पत्रकारितामा सक्रिय हुँदै आएका छन् ।

२०७२ सालदेखि सुरु गरिएको यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान हुँदै आएको हो । संघका पूर्व अध्यक्ष नारायण कोइरालाका अनुसार हालसम्म पाँच जना पत्रकार यसबाट सम्मानित भइसकेका छन् ।

यसैगरी, संघको साधारण सभामा कपडा व्यवसायी संघलाई उत्कृष्ट बस्तुगत संघको रुपमा सम्मान गरिएको थियो । वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए ।

22Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected