
पोखरा। नेपालकै प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले स्थापना गरेको र पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको लक्ष्मी विद्या पदक शनिबार एक विशेष समारोहका बीच तीन जना उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको छ ।
संघको ७१औँ साधारण सभाको उद्घाटन सत्रमा कास्कीका विभिन्न क्याम्पसका विद्यार्थीलाई सम्मान गरिएको हो । व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तह (एमबीएस) र स्नातक तह (बीबीए तथा बीबीएस) मा सर्वाधिक अंक ल्याएर उत्तीर्ण हुनेलाई यो पदक दिइँदै आएको छ।
उक्त पुरस्कार सहितको ताम्रपत्र, दोसल्ला र मालासहितको सम्मान नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ सहित पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका अर्का निर्देशक सुनिल श्रेष्ठले प्रदान गरेका थिए।
सम्मान प्राप्त गरेपछि बोल्दै बिद्यार्थी दीपा तिवारीले यो पदकले आफूलाई जीवनमा थप उर्जा र प्रेरणा दिएको भन्दै पुरस्कारका दाता लक्ष्मी ग्रुप, पोखरा उद्योग वाणिज्य संघ र आफ्ना प्राध्यापकहरूप्रति आभार प्रकट गरिन् । तिमीलाई जानकारीका लागि, हालसम्म ७३ जना विद्यार्थी यो पदकबाट सम्मानित भइसकेका छन् ।
सन् १९९८ मा ‘पोखरेली नवरत्न’ सम्मान बापत प्राप्त गरेको रकममा केहि रकम थप गरेर पोखराका उद्योगी बुद्धि बहादुर श्रेष्ठले अक्षयकोष स्थापना गरेका थिए त्यसपछिका दिनमा यो पदक वितरण कार्यक्रम नियमित रुपमा संचालन भैरहेको छ।





