0Shares

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकरणमा नपरेका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्न दिएको निर्देशन कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान)ले एक दिन समय मागेको छ।

आईएसपानका अध्यक्ष सुधीर पराजुलीले सरकारले गरेको निर्णय र प्राधिकरणको आदेश पूर्ण रूपमा लागू गर्न भोलिसम्म समय लाग्ने जानकारी दिएका छन्। उनले सामाजिक सञ्जाललाई पूर्ण रूपमा बन्द गर्नु भन्दा पनि नियमन गरी व्यवस्थित बनाउनुपर्ने सुझाव सरकारलाई आफूहरूले दिएका उल्लेख गरे।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, मन्त्रीपरिषद्को भदौ ५ गतेको निर्णय, बिहीबार बसेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठक तथा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका–२०८० लाई आधार मानेर २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्न निर्देशन दिएको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected