२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
कृषिखबर

मुक्तिनाथद्धारा ५५ लाखको सुन्तलाका बिरुवा बिक्री

स्याङ्जा । मुक्तिनाथ कृषि कम्पनीले ५५ लाख बराबरको सुन्तलाका बिरुवा बिक्री गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–६ फापरथुममा अनुसन्धान तथा नर्सरी केन्द्र (फर्म) बनाएको कम्पनीले आर्थिक वर्ष २०८१\०८२ मा झण्डै ५५ लाखका २५ हजार सुन्तलाको बिरुवा बिक्री गरेको हो ।

फर्मबाट सुन्तलाका प्रतिबिरुवा करिब २२० रुपैयाँमा बिक्री वितरण गर्दै आएको कम्पनीले पछिल्लो ३ वर्षदेखि व्यावसायिक रुपमा सुन्तलाजन्य बिरुवा उत्पादन गर्दै आएको छ । नर्सरीमा हाल ‘स्याङ्जा स्थानीय, खोको स्थानीय र बाँसखर्क स्थानीय’ गरि ३ जातका सुन्तला र सुनकागतीका कलमी बिरुवा उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

मुक्तिनाथ कृषि कम्पनीको फर्ममा तयार कलमी बिरुवा छिटो उत्पादन दिने र गुणस्तरीय रहेको स्थानीय सुन्तला उत्पादक कृषक जितेन्द्र ठकुरीले बताए । सुन्तलाका बिरुवा तयार गरेकै वर्ष लगाएको बोटले उत्पादन दिन थालेको ठकुरीले सुनाए । फर्ममा उत्पादित बिरुवा स्याङ्जाका साथै तनहुँ, पाल्पा, गोर्खा, पर्वत, धरान धनकुटा लगाएतका जिल्लामा निकासी हुँदै आएको छ ।

कम्पनीले उत्पादन गरेका बिरुवा कृषकबीच लोकप्रिय बनेसँगै फर्मको उत्पादन क्षमता बृद्धि गरिएको कम्पनीका क्षेत्रिय कार्यालय पोखराका प्रमुख नगेन्द्र पौडेलले बताए । गत वर्ष २५ हजार बिरुवा उत्पादन गरेको फर्ममा बिक्रीका लागि हाल ६५ हजार सुन्तलाका बिरुवा तयार छन् । चालु आर्थिक वर्षभित्र एक लाख बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको प्रमुख पौडेलले जानकारी दिए ।

३५ रोपनी जग्गा भाडा लिएर सुन्तला र कागतीका बिरुवा उत्पादन गरिदै आएको छ । जग्गाको अधिकांश भागका टनेल प्लाष्टिकभित्र बिरुवा उत्पादन भएको नर्सरीमा करिब एक दर्जन युवायुवतीले प्रत्यक्ष रोजगार पाएका छन् । गण्डकी प्रदेशमा क्रियाशिल नाफा परियोजनासँग सहकार्य गर्दै बिरुवा उत्पादन गरेको कम्पनीले चालु वर्षमै बिरुवा बिक्री वितरणबाट एक करोड मुल्य बराबरको आर्थिक कारोबार गर्ने जनाएको छ ।

कम्पनीले स्याङ्जा, चितवन र धनकुटामा कृषकको माग र भूगोल सुहाउँदो विभिन्न जातका बिरुवा उत्पादन गर्दै आएको छ । स्याङ्जामा सुन्तला र कागतीको बिरुवासँगै लहरे तरकारी बालीको बीउ उत्पादन परिक्षण गरिरहेको छ । कम्पनीले सरकारी निकाय, परियोजना, कृषकसँग बीउविजन व्यवस्थापन, उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण गर्दै आएको बताएको छ ।

झण्डै दुई हजार २५० हेक्टरमा सुन्तला खेती गर्दै आएका कृषकहरुले गएकै वर्ष १५० हेक्टर जमिनमा सुन्तला खेती थपेका छन् । उत्पादन छिटो दिने र गुणस्तरीय बिरुवा पाउन थालेपछि सुन्तला खेती थपेको कृषक बताउँछन् । जिल्लामा मुक्तिनाथसँगै संचालित एक दर्जन नर्सरीबाट सुन्तलाका बिरुवा उत्पादन हुन्छ । वार्षिक झण्डै डेढ अर्बको सुन्तला उत्पादन हुने जिल्लामा राष्ट्रिय कृषि आधुनिकीकरण सुन्तला सुपरजोनले सुन्तला खेतीलाई प्रबद्र्धन गर्दै आएको छ ।

स्थानीय तहसँगको सहकार्यमा टोल विकास संस्था र स्थानीय कृषकको उत्पादन र उत्पादकत्व बृद्धिमा कम्पनीले सहयोग गर्दै आएको छ । उत्पादन बृद्धिमा उन्नत जातको बीउ र प्रविधि मार्फत लागत कम गर्न कृषकसँग हातेमालो गर्दै अगाडी बढेको कम्पनीले जनाएको छ । कम्पनीले खेतीबालीमा हुने संक्रमण, रोग तथा किरा नियन्त्रण गर्न बाली शिविर गर्दै आएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…