0Shares

पोखरा । सहारा क्लब पोखराले यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार पत्रकार केशव पाठकलाई प्रदान गर्ने भएको छ। क्लबका मानार्थ सदस्य नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसलाई कार्यसमितिले अनुमोदन गरेको हो।त्यस्तै, सहारा उत्कृष्ट सदस्य सम्मान नेहा गुरुङलाई अर्पण गरिनेछ।

तीन दशकदेखि पोखराको खेलकुद पत्रकारितामा सक्रिय पाठक हाल पोखरा स्पोर्ट्स डटकम का सम्पादक रहेका छन् । उनि  प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान बोर्ड सदस्य तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष समेत हुन । यसअघि पनि उनि  राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कारसहित विभिन्न सम्मानबाट सम्मानित भइसकेका छन्।

२५ हजार ५५५ रुपैयाँ नगद र सम्मानपत्र रहने उक्त पुरस्कार सहारा क्लबको २७ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशनको अवसरमा भदौ ३० गते दोबिल्लास्थित सहारा एकेडेमीमा प्रदान गरिनेछ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected