2Shares

पोखरा । पोखरा उद्योग वाणिज्य संघले यही आउँदो मंसिर १७ देखि २१ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४औँ संस्करण आयोजना गर्ने भएको छ । संघको आइतबार बसेको कार्यसमिति बैठकले मेलाको मिति तय गरेको हो ।

संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार मेला पोखरा–९, प्रदर्शनी केन्द्रमा आयोजना गरिनेछ । मेलालाई स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवद्र्धन र प्रचार–प्रसारमा योगदान पु¥याउने गरी तयार गरिएको उनले जानकारी दिए । उनका अनुसार यस मेलाले पोखराको पर्यटन तथा व्यापार प्रवद्र्धनसँगै उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना गर्नेछ । साथै, औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायत क्षेत्रको प्रवद्र्धन र बजारीकरणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

परम्परागत मेला र जात्रालाई परिमार्जन गर्दै पोखरा उद्योग वाणिज्य संघले नेपालमै पहिलोपटक २०४२ सालमा व्यापार मेलाको आयोजना गरेको थियो । २०४९ सालदेखि यसलाई ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ नाम दिइयो भने २०५२ सालमा ‘पोखरा महोत्सव’ को सुरुवात भयो । त्यसयता संघले नेपाल सरकार, उद्योग वाणिज्य महासंघ र अन्य संस्थासँग सहकार्य गर्दै हस्तकला मेला (२०५३), पुष्प प्रदर्शनी (२०५५), महिला उद्यमी मेला (२०६८, २०७०, २०७४, २०७६) लगायत विभिन्न महत्त्वपूर्ण मेला तथा प्रदर्शनी आयोजना गरेको छ । कोभिड–१९ को कारण अवरुद्ध भएको मेलालाई संघले २०७९ सालदेखि पुनः निरन्तरता दिएको हो ।

संघकी महासचिव शोभा गौतमका अनुसार यसपटकको मेलामार्फत उद्योग व्यवसायको समुचित विकास, स्वदेशी उत्पादनको निर्यात प्रवद्र्धन, आन्तरिक बजार सुदृढीकरण र आयात प्रतिस्थापनलाई प्राथमिकता दिइएको छ । “मेलालाई केवल मनोरञ्जनात्मक नभई उद्यमशिलता विकासको थलो बनाउन यसपटक ५ दिनमै सीमित गरिएको छ,” उनले बताइन् ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected