6Shares

काठमाडौं । देशभर भएका जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने ३४७ जना घाइते भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६ र इटहरीमा २ जनासहित १९ जनाको मृत्यु भएको हो। सिभिल अस्पतालमा ३, ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, केएमसीमा २, त्रिवि शिक्षण अस्पतालमा १ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको ज्यान गएको छ।

काठमाडौंमा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ। ग्लोबल कलेजका श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि बहादुर तामाङ, सौरम किशोर श्रेष्ठ र सुवास पोखरेल रहेका छन्।

सोमबार बिहान ९ बजेदेखि काठमाडौँसहित झापा, सुनसरी, कास्की, काभ्रे, रूपन्देही, चितवन र दाङमा प्रदर्शन भएका थिए। माइतीघरदेखि नयाँ बानेश्वरसम्म पुगेको प्रदर्शन संसद भवनतर्फ प्रवेश गर्ने प्रयाससँगै हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएको हो।

मानव अधिकार आयोगले आन्दोलन तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद भएको प्रतिक्रिया दिएको छ।

यसैबीच, सत्तारूढ नेपाली कांग्रेसले बन्द सामाजिक सञ्जाल खोल्न माग गरेको छ। सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल निर्णय गर्न आग्रह गरेका छन्। पार्टीभित्र गृहमन्त्री रमेश लेखकको राजीनामा समेत आइसकेको छ ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected