15Shares

पोखरा, असोज ५ – कास्की प्रहरीले पोखरामा पाम आयल चोरी प्रकरणमा संलग्न ३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–१० औद्योगिक क्षेत्रस्थित हिमश्री फुड्स प्रा.लि.मा आपूर्ति हुने पाम आयल (Palm Oil) बीच बाटैमा चोरी गरी पानी मिसाएर ल्याइएको भन्ने विशेष सूचनाको आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बाराको जितपुरसिमरा–२२ का ३५ वर्षीय कविराज गौतम, अमलेखगञ्ज बस्ने ४९ वर्षीय छविनाथ गौतम र सोही ठाउँका ३७ वर्षीय बुद्धि बहादुर लामाले समावेश छन्। उनीहरूले ना ५ ख ७८०८ नम्बरको ट्रकमार्फत तेल चोरी गरी बिक्री वितरण गर्ने उद्देश्यले पानी मिसाएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूबाट पानी मिसाइएका १८ थान २० लिटरका जर्किनसहित नगद २३ हजार रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected