
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन र जगदीश खरेल मन्त्रीमा नियुक्त भएका हुन्।
सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्। परियारले कृषि, पुनले शिक्षा तथा विज्ञान प्रविधि र खरेलले सञ्चार मन्त्रालय सम्हाल्ने भएका छन्।
यसअघि स्वास्थ्य मन्त्रीमा संगीता मिश्रको नाम प्रस्ताव भए पनि अन्तिम समयमा उनको सपथ रोकिएको हो। प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारीमा रहेको बताइएको छ।











