2Shares

पोखरा, ८ असोज । हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका–३२, लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ ।

सामाजिक एवम् धार्मिक व्यक्तित्व स्व. लक्ष्मी शरण उपाध्याय र उनकी श्रीमती स्व. राधा पौडेलको स्मृतिमा परिवारजनले स्थापना गरेको अक्षयकोषको ब्याज रकमबाट प्रदान गरिने पुरस्कार अन्तर्गत आश्रमलाई नगद रु. २० हजार ५ सय र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।

स्व. लक्ष्मी शरण उपाध्यायको जन्मजयन्तीका अवसरमा भएको कार्यक्रममा प्रतिष्ठान अध्यक्ष सुनिल गायक र अक्षयकोषदाता परिवारका तर्फबाट आश्रमका प्रमुख संरक्षक महन्त मुकुन्दशरण उपाध्यायलाई पुरस्कार हस्तान्तरण गरिएको हो ।

प्रतिभा/संस्था छनौट समितिका संयोजक कृष्णप्रसाद पौडेलको नेतृत्वमा तयार पारिएको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरेको थियो । पुरस्कारका लागि अक्षयकोषमा जम्मा रकम रु. २ लाख २५ हजार रहेको छ ।

कार्यक्रममा वडा अध्यक्ष अक्कलबहादुर कार्की, प्रतिष्ठान अध्यक्ष सुनिल गायक, उपाध्यक्ष छन्दमणि त्रिपाठी, अक्षयकोषदाता परिवारका सदस्य, साहित्यकार, धार्मिक एवम् सामाजिक अभियन्ताहरूले सम्बोधन गरेका थिए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected