
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल, एरिया १२, रिजन २७ अन्तर्गत जोन ६२ को पहिलो जोन मिटिङ विहीबार पोखरामा सम्पन्न भएको छ । बैठकमा जोन अन्तर्गतका लायन्स क्लब अफ पोखरा पिस सिटी, सानिमा र पोखरा पुष्प बाटिका क्लब पदाधिकारी, साथै डिष्ट्रिक्टका वरिष्ठ लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।
जोन मिटिङमा लायन्स क्लब अफ पोखरा पिस सिटी, सानिमाका अध्यक्षद्वय ज्ञानेन्द्र थापा, बिनय रावतले क्लबहरूले प्रस्तुत गरेका प्रतिवेदनमार्फत हालसम्मका गतिविधि र बाँकी रहेका कार्यक्रमहरूबारे समीक्षा गरियो । वार्षिक कार्ययोजना, सदस्यता वृद्धि, नेतृत्व विकास र सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकतामा राखेर छलफल गरिएको थियो ।
जोन चेयरपर्सन जिवन ढुंगानाका अनुसार मिटिङमा क्लब तथा डिष्ट्रिक्टका प्राथमिकताका कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शुल्क भुक्तानी, नयाँ क्लब गठन, एलसिआईएफमा योगदान, स्कुलिङ प्रोग्राम, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग तथा क्याबिनेट बैठक र इसामे एरिया फोरममा सहभागिताबारे निर्णय गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट चिफ पिआरओ ऋषि गिरीले लायन्सले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै सेवामुखी कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले क्लबहरूको सक्रियता र उपलब्धिप्रति गर्व व्यक्त गरे ।
बैठकमा डिष्ट्रिक्ट चिफ एडमिनिस्ट्रेटर शान्ता देवी थापा भण्डारी, डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर टंकराज अधिकारी, रिजन चेयरपर्सन कृष्ण गुरुंगसहितका पदाधिकारीहरूले क्लबहरूको कामको प्रशंसा गर्दै नेतृत्व विकास र उत्तरदायित्वबारे मार्गदर्शन गरेका थिए ।
बैठकमा पिस सिटीका प्रथम उपाध्यक्ष रविकुमार श्रेष्ठ, सचिव यमबहादुर पनेरू साथै सानिमाका प्रथम उपाध्यक्ष निर्मला गौतम र रूपा गुरुंगले पनि क्लबका गतिविधि बारे बोलेका थिए । बैठकमा डिष्ट्रिक्ट एम्बासडर युवराज खनाल, एरिया १२ का एरिया को-अर्डीनेटर सन्तबहादुर लामिछानेको पनि उपस्थिति रहेको थियो ।






सम्बन्धित खवर
















