20Shares

लगातार वर्षापछि खसेको पहिरो हटाइएसँगै मुग्लिन–नागढुंगा सडक खुला, नारायणगढ–मुग्लिन सडक आंशिक सञ्चालनमा

पोखरा । लगातारको वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोलानजिकको सडक खुलाइएको छ। शनिबार बिहान ५:५५ बजे खसेको पहिरो हटाएपछि सो खण्डमा पुनः सवारी सञ्चालन सामान्य बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

यता, नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा बिहानै खसेको अर्को पहिरोका कारण सडक हाल एकतर्फी मात्र सञ्चालन भइरहेको छ। निरन्तर वर्षा जारी रहेकाले पहिरो खस्ने जोखिम अझै कायमै रहेको र यात्रुहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको डिभिजनले जानकारी दिएको छ।

सडक डिभिजनका अनुसार जोखिमयुक्त स्थानमा हेभी उपकरणसहितको प्राविधिक टोली तयारी अवस्थामा राखिएको छ। संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेकको यात्रा नगर्न चालक तथा यात्रुहरूलाई आग्रह गरिएको छ।

यसअघि शनिबार बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङ खोलामा ठूलो पहिरो खस्दा मुग्लिन–नागढुंगा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। प्रहरी, सडक विभागका प्राविधिक र स्थानीयवासीको सहकार्यमा पहिरो हटाउने कार्य तीव्र गतिमा गरिएको थियो।

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected