7Shares

पोखरा । लगातारको वर्षा र देशभरको प्रतिकूल मौसमका कारण सरकारले आकस्मिक रूपमा आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

दसैंको नियमित बिदा सकिएर सरकारी कार्यालयहरू भोलिदेखि (आइतबार) खुल्ने तय भएपनि, अविरल वर्षाले सडक अवरुद्ध र जनजीवन प्रभावित भएपछि गृहमन्त्रालयले थप बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार वर्षाका कारण देशभर आवतजावत असहज बनेको, कतिपय स्थानमा सडक र पुल बगाएको, र जनजीवन सामान्य अवस्थामा फर्किन नसकेको देखिएकाले यस्तो निर्णय गरिएको हो । उनका अनुसार आकस्मिक र अत्यावश्यक सेवा बाहेकका सबै सरकारी कार्यालय बन्द हुनेछन् भने अस्पताल, सुरक्षानिकाय, विद्युत्, पानी, सञ्चार र उद्धारसम्बन्धी सेवा भने नियमित सञ्चालन हुनेछन् ।

मौसम पूर्वानुमान महाशाखाले गण्डकी, बागमती, लुम्बिनी र मधेश प्रदेशका विभिन्न स्थानमा अझै दुई दिनसम्म मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । यसअघि सरकारको दसैं बिदा शुक्रबार सकिएको थियो तर विभिन्न जिल्लामा उत्पन्न बाढी–पहिरो र सडक अवरोधका कारण आकस्मिक बिदा थप गरिएको हो ।

7Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected