1Shares

पोखरा, २४ असोज । जेनरेशन जेड (जेनजी) आन्दोलनपछि उत्पन्न परिस्थितिमा प्रभावकारी सेवा प्रवाह, सुशासन अभिवृद्धि र सेवाहरूको चुस्त व्यवस्थापनका विषयमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सल्लाहकार परिषद्सँग विस्तृत छलफल गरेका छन् ।

पोखरा महानगरपालिका सल्लाहकार परिषद्‌का अध्यक्ष आनन्दराज मुल्मीको अध्यक्षतामा बसेको उक्त बैठकमा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू सहभागी थिए। छलफलका क्रममा महानगरपालिकाको आन्तरिक सेवा प्रवाहलाई अझ चुस्त, छरितो र पारदर्शी बनाउनुपर्ने सुझाव सहभागी विज्ञहरूले दिएका थिए।

सो अवसरमा नगर प्रमुख आचार्यले जेनजी आन्दोलनका क्रममा महानगरपालिका र मातहतका कार्यालयहरूमा पुगेको क्षतिबारे जानकारी गराउँदै पुनःस्थापनाका लागि महानगरले गरिरहेको प्रयासबारे पनि परिषद्लाई अवगत गराए।

आन्दोलनका क्रममा महानगरपालिकाको मुख्य कार्यालयसहित २६ वटा वडा कार्यालय, १३ वटा गाडी र ३६ वटा मोटरसाइकलमा आगजनी तथा तोडफोड भएको हुँदा करिब २ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको उनले बताए।

असहज परिस्थितिका बाबजुद नागरिकको सेवा प्रभावित हुन नदिने गरी महानगरले पोखरा सभागृह, साबिक महाशाखा कार्यालयहरू रहेको स्थान तथा दमकल कार्यालयलगायत स्थानबाट सेवा प्रवाह गरिरहेको जानकारी पनि नगर प्रमुख आचार्यले दिए ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected