0Shares

स्याङ्जा । खुमा अर्याल फाउन्डेसनले सातौं साधारणसभा सम्पन्न गरेको छ। फाउन्डेसनले शनिवार चाडपर्व विशेष शुभकामना आदानप्रदान, अन्तरक्रिया र चियापान समेत आयोजना गरेको हो थियो।

फाउन्डेसनका संस्थापक खुमा प्रसाद अर्यालले दुर्गम क्षेत्रका नागरिकका लागि शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रमा फाउन्डेसनले गरेका कामबारे जानकारी दिँदै, सबै सरोकारवालाको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे। उनले फाउन्डेसन कुनै राज्य निकाय नभई सामाजिक संस्था भएको स्पष्ट पार्दै सहकार्यका लागि आग्रह गरे।

कार्यक्रममा पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, पत्रकार श्रीकृष्ण सिग्देल, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, वालिङ उपप्रमुख कविता तिवारी गैरे, र अर्जुनचौपारी उपाध्यक्ष सपना गुरुङ लगायतका वक्ताले फाउन्डेसनका कार्यको प्रशंसा गर्दै आफ्ना धारणा राखे।

साधारणसभामा सहभागीहरूले सुझाव र सल्लाहहरू प्रस्तुत गरेका थिए। सो अवसरमा फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले उठेका प्रश्नहरूको जवाफ दिएका थिए। कार्यक्रम उपाध्यक्ष शालिकराम अर्यालको स्वागत मन्तव्य र सचिव ध्रुव शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा १२ वटा संस्थालाई संस्थागत आबद्धता प्रमाणपत्र समेत प्रदान गरियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected