२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

मुस्ताङमा हिउँको पहिलो वर्षा: दर्शनार्थी अड्किए

मुस्ताङ । मुस्ताङमा यो यामको पहिलो हिमपातसँगै उपल्लो क्षेत्र सेताम्य बनेको छ। लोमान्थाङ, कोरलानाका, छोसर, मुक्तिनाथलगायत उच्च पहाडी क्षेत्रहरूमा कात्तिकमै बाक्लो हिउँ परेपछि दर्शनार्थीहरू यात्रा अवरुद्ध भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार आज बिहानदेखि उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसर, कोरलानाका र मुक्तिनाथ क्षेत्रसहित उच्च लेकहरूमा वर्षासँगै हिमपात भइरहेको छ। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उपल्लो र तल्लो मुस्ताङका उच्च भागमा हिमपात सुरु भएको जनाउँदै यात्रुहरूलाई सतर्क रहन आग्रह गरे।

मुक्तिनाथ दर्शन गर्न गएका पोखराका दिपक पराजुलीका अनुसार मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि हिउँ परिरहेकाले मन्दिरमा पुग्ने दर्शनार्थीहरूलाई समस्या परेको छ। “मुक्तिनाथमा हिउँ पाँच–छ इन्च जति जमेको छ, जमिन तातो भएकाले पूरै जम्न सकेको छैन,” उनले भने, “तर यही दरमा हिउँ परिरहे दुई फिटसम्म जम्न सक्छ।”

जिल्ला प्रशासन कार्यालय मुस्ताङले वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ। प्रशासनले उक्त सडकखण्डमा बाक्लो हिउँ जमेकाले सवारीसाधन सञ्चालन जोखिमपूर्ण भएको जनाएको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…