२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

स्वास्थ्य संस्थामा सरसफाइ सुधारका लागि अन्नपूर्णमा तीनदिने तालिम सम्पन्न

अन्नपूर्ण, कास्की — अन्नपूर्ण गाउँपालिकाको समन्वयमा, Good Neighbors International Nepal को आर्थिक तथा प्राविधिक सहयोग र नौलो घुम्ती नेपाल को आयोजनामा तीनदिने WASH FIT (Water, Sanitation and Hygiene Facility Improvement Tool) तालिम सम्पन्न भएको छ। तालिम २०८२ साल कात्तिक ११ देखि १३ गतेसम्म सञ्चालन गरिएको थियो।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले तालिमको उदघाटन सत्रमा बोल्दै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि यस किसिमका तालिमहरू अत्यन्त उपयोगी हुने बताएका थिए । उनका अनुसार सरसफाइ, स्वच्छता र फोहोर व्यवस्थापनमा सुधार ल्याउन यस तालिमले दीर्घकालीन योगदान पुर्‍याउनेछ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चिरंजीवी बराल, जनप्रतिनिधि, स्वास्थ्य शाखा संयोजक तथा गाउँपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्था प्रमुखहरूको उपस्थितिमा तालिमको प्रभावकारिता र उपयोगिताबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले तालिमबाट स्वास्थ्य संस्थाभित्रको सरसफाइ सुधार र सुरक्षित स्वास्थ्य सेवा प्रवर्द्धनका लागि नयाँ दृष्टिकोण विकास भएको अनुभव साटेका थिए।

तालिममार्फत सहभागीहरूलाई WASH मापदण्ड, स्वच्छता व्यवस्थापनका व्यावहारिक सीप, र मेडिकल फोहोर व्यवस्थापनका प्रविधि सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। आयोजक नौलो घुम्ती नेपाल का अनुसार, तालिमले स्वास्थ्य संस्थाहरूलाई दिगो सरसफाइ र सफा वातावरणमार्फत सेवा गुणस्तर सुधार गर्न प्रेरित गरेको छ।

समापन सत्रमा पालिका उपाध्यक्ष अधिकारी, सामाजिक विकास समिति संयोजक तुलसी प्रसाद अधिकारी, प्रवक्ता भरतमान गुरुंग लगायतका जनप्रतिनिधिले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। तालिम WASH FIT सम्बन्धी प्रशिक्षक प्रतिज्ञा श्रेष्ठले सञ्चालन गरेकी थिइन्।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…