118Shares

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याविनेट पदाधिकारीहरूको पहिलो दिनको बैठक पोखरास्थित एस.आर.केसी. बैंक्वेटमा शुक्रवार सम्पन्न  भएको छ । बैठकको अध्यक्षता डिष्ट्रिक्ट गभर्नर  पार्वती खरेल पाण्डेले गरेकी थिइन् भने कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर एवम् आईडी इन्ड्रोसी राजन लम्साल रहेका थिए ।

बैठकमा डिष्ट्रिक्टका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । दुई दिनसम्म सञ्चालन हुने यस बैठकको पहिलो दिनमा डिष्ट्रिक्टले चार महिनाको अवधिमा सम्पन्न गरेका कार्यक्रमहरूको मूल्याङ्कन, समीक्षा र भावी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो ।

बैठकका प्रमुख अतिथि राजन लम्सालले डिष्ट्रिक्ट ३२५ आई, नेपालले मल्टिपलमा मात्र नभई लायन्स अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्टता प्रदर्शन गर्दै आएको उल्लेख गर्दै हालसम्मका उपलब्धिहरूलाई आधार बनाएर अझ ठूला सफलता हासिल गर्न सबैलाई आग्रह गरे ।
उनका अनुसार, लायन्सहरूले देशको विकास र समृद्धिमा पु¥याइरहेको योगदान अत्यन्त प्रशंसनीय छ। “लायन्सहरूले मन, वचन र कर्मले समाजसेवामा समर्पित रहँदै आएका छन्। यही समर्पण राष्ट्रको समृद्धिको बाटो खोल्ने शक्ति हो,” लम्सालले भने ।
उनले थपे, “हरेक क्षेत्रमा समस्या आउँछ, तर ती समस्या बाहिर उजागर गर्नु समाधान होइन; समाधान आफैं खोज्नुपर्छ ।” डिष्ट्रिक्ट ३२५ आईभित्र पूर्व गर्भनरहरूबीच मतभेद रहेको भन्ने बाह्य हल्ला असत्य रहेको स्पष्ट पार्दै उनले नेतृत्व टीम समस्याको समाधान दिन सक्षम रहेको विश्वास व्यक्त गरे ।

डिष्ट्रिक्ट ३२५ आई नेपालकी डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले आफ्नो कार्यकालका करिब चार महिना बाँकी रहँदा पूर्ण रूपमा कार्य गर्न नसकेको बताउँदै केही सीमितताका बाबजुद पनि उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गरिन् ।

सदस्यता वृद्धिका दृष्टिले डिष्ट्रिक्ट ३२५ आई नेपाल विश्वमै पहिलो स्थानमा पुगेको छ । सेवाका दृष्टिले समेत डिष्ट्रिक्टले जेन–जेड आन्दोलन प्रभावित क्षेत्रमा सेवा पु¥याएको छ र सम्पूर्ण डिष्ट्रिक्ट भर मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । तर, उनले लायन्स अन्तर्राष्ट्रिय पोर्टलमा आवश्यक परिमाणमा रिपोर्टिङ हुन नसकेकोप्रति नेतृत्वको ध्यानाकर्षण गराउँदै यसलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनका अनुसार, डिष्ट्रिक्ट ३२५ आई नेपालले गरेका उपलब्धिहरू अपेक्षित स्तरसम्म नपुगे पनि धेरै वार्षिक कार्यक्रम सफलतापूर्वक कार्यान्वयनमा आएका छन् ।
डिजी पाण्डेले आफ्नो कार्यकालमा साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण लायन सदस्यप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यस अवसरमा पिएमसिसी एवं मल्टिपल कोअर्डिनेटर मनबहादुर रोका, निवर्तमान डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, पूर्व डिष्ट्रिक्ट गभर्नर एवं मल्टिपल डिष्ट्रिक्ट चेयरपर्सन रामबहादुर बसेल, पूर्व डिष्ट्रिक्ट गभर्नरद्धय चन्द्र कुमार केसी, इन्दु लम्सालले पनि शुभकामना मन्तव्य राख्दै लायन्सहरूकै जस्तै समर्पण र लगन देशका हरेक क्षेत्रमा देखिन सके समृद्ध नेपाल निर्माण सहज हुने धारणा राखेका थिए ।

त्यस्तै, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसी र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईले डिष्ट्रिक्टले सम्पन्न गरेका महत्वपूर्ण कार्यहरूको समीक्षा गर्दै डिष्ट्रिक्टलाई विगतका बषृ भन्दा अझ उत्कृष्ट बनाउन हातमा हात साथमा साथ दिन आग्रह गरेका थिए ।

कार्यक्रममा क्याविनेट सेक्रेटरी रामबहादुर श्रेष्ठ र क्याविनेट ट्रेजरर महेन्द्रकुमार राठीले चार महिनाभित्र सम्पन्न भएका कार्यक्रम र भावी रणनीतिबारे आ आफ्ना विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै रिजन र जोन चियरपर्सनहरूले पनि आफ्नो–आफ्नो क्षेत्रका जिम्मेवारी र आ आफ्ना माताहतमा रहेका क्लबहरुका भावी कार्यनीति बारे जानकारी गराएका थिए।

बैठकका दोस्रो क्याविनेट बैठक मूल आयोजक समितिका संयोजक अमृत शोभा खत्रीले १५ गते शनिबारको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र एक हजारभन्दा बढी सहभागिता हुने अनुमान गरिएको जानकारी दिदै हालसम्म ९ सय बढीले प्री–रजिस्ट्रेसन गरिसकेको बताइन् । कार्यक्रमको स्थानीय व्यवस्थापन लायन्स क्लब अफ पोखरा अंञ्जुलीले गरेको छ ।

118Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected